एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले शनिबार अफगानिस्तान, इरान लगायत विश्वका धेरै स्थानमा द्वन्द्व निम्तनुमा अमेरिका कारक रहेको बताएका हुन् ।
उनले विश्वभर द्वन्द्व निम्तनुको प्रमुख कारक अमेरिका रहेको दाबी गरेका छन् ।

उनले आफ्नो देश चीनलाई भने सबै देशको रक्षक र मित्रवत छिमेकीको संज्ञा दिए ।

शनिबार राजधानी बेइजिङमा सिंवा युनिभर्सिटीले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सम्मेलनलाई सम्बोधन गर्दै वाङले विश्वका हरेक द्वन्द्वमा अमेरिका प्रत्यक्ष संलग्न देखिएको बताएका हुन् ।

वाङले अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको पनि आलोचना गरे। उनले इन्डो–प्यासिफिक रणनीतिलाई भद्दा शीतयुद्धको मानसिकता भएको उल्लेख गरे ।
वाङ यस विषयमा भन्छन्,‘इन्डो–प्यासिफिक रणनीतिको उद्देश्य भू–राजनीतिक संघर्षमा चीन विरोधी देशहरुको एउटा विशेष घेरा बनाउनु हो । यो इतिहासमा पछाडि हिंडिरहेको छ जुन शीतयुद्ध मानसिकताको पुनरावृत्ति हो जसलाई रद्दीको टोकरीमा फ्याँक्नु आवश्यक छ ।’

चीनलाई घेर्ने रणनीतिअनुसार अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डो–प्यासिफिक रणनीति अबलम्ब गरेका थिए । हाल जो बाइडेन प्रशासनले पनि चीनविरुद्ध सोही नीति लिएको देखिएको छ ।

यद्यपी यीले आजको चीन सयवर्ष अगाडिको चीन नभएको बताउँदै चीनको क्षमतालाई नजरअन्दाज नगर्न चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर