अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स मजदुर सँघको इकाई सल्लाहकार क. कान्छा (बिनय) मानन्धर प्रति हार्दिक श्रद्धाञ्जली !

अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स मजदुर सँघको इकाई सल्लाहकार क. कान्छा (बिनय) मानन्धर प्रति हार्दिक श्रद्धाञ्जली !


१९ असार काठमान्डौ ।
यही असार १९ गते अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स मजदुर सँघको आयोजनामा कोमात्सु प्रा.लि.मा कार्यरत मजदुर एबं हाम्रो संगठनको इकाई सल्लाहकार क. कान्छा (बिनय) मानन्धरको कोभिड १९ को कारण मृत्यु भएको १३औ दिनमा श्रद्धाञ्जली सभा उहाँ (मृतक)कै घर थानकोटमा सम्पन्न गरियो ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा उहाँको जीवन सँगिनी मिना मानन्धरलाई रु ५,०९७४२ (पाँच लाख नौ हजार सात सय बयालिस) रुपैयाँ संकलन गरि हस्तान्तरण गरियो । क. कुमार घतानेको अध्यक्षतामा भएको उक्त सभामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन माहासंघका केन्द्रिय सचिवालय सदस्य क.दिनेश बर्तौला,नेकपा (क्रान्तिकारी माओबादी) चन्दागिरी नगर इन्चार्ज क.शुरेश तामाङ ,इकाई अध्यक्ष क.बैकुण्ठ घिमिरे,सचिव चित्र कुमार पोख्रेल ,राजेश कुमार श्रेष्ठ र परिवारका सदस्य तथा आफन्तहरुको उपस्थितीमा भएको थियो । सभाको संचालन क.नवराज दाहालले गर्नु भएको थियो ।