पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु, थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि,

प्रकाशित मिति : २०७८ असार ९


९ असार काठमाडौं ।
पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् ।