३ असार खलङ्गा ।

केही दिनदेखि लगातारको वर्षासँगै आएको झिमरुक नदीको बाढीले निर्माणाधीन पुल भत्काएको छ ।

प्युठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–७ चिउरेखोला जोड्ने गरी बनाउन लागिएको पक्की पुल भत्किएको हो ।

चार दिनअघि मात्रै ढलान भएको पुलको बाढीले टेका बगाएपछि पुल भत्किएको हो । ७० मिटर लम्बाइको पुलको करिव ३५ मिटर स्ल्याब भाँचिएको छ ।

सङ्घीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा रहेको थियो । ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको पुल भदौमा सञ्चालनमा ल्याउने तयारी थियो । आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि असार २८ गते सकिँदै छ ।

लगातार चार दिनदेखि अविरल परिरहेको पानी अझै रोकिएको छैन । जिल्लाको झिमरुक र माडीनदीका साथै लुङ, गर्तङ र जुम्रीखोलालगायत अन्य साना नदी र खोलामा पानीको बहाव अत्याधिक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर