अविरल वर्षाका कारण सिन्धुपाल्चोकलगायत देशका विभिन्न भूभागमा गएका बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरुप्रति अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा भावपूर्ण श्रद्धाञ्जली

अविरल वर्षाका कारण सिन्धुपाल्चोकलगायत देशका विभिन्न भूभागमा गएका बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरुप्रति अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा भावपूर्ण श्रद्धाञ्जली

असार ३ काठमान्डौ ।
केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकलगायत देशका विभिन्न भूभागमा गएका बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको छ । बाढी–पहिरोमा परी कैयौले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको नि:शुल्क स्वास्थ्योपचारको व्यवस्था, घरबारविहीनहरुको खाने–बस्नेलगायत सम्पूर्ण व्यवस्थापन, बाढी–पहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित राहत र क्षतिपूर्तिसहित बेपत्ताहरुको खोजी कार्यको निम्ति नेपाल सरकार र सम्बन्धित निकायहरुलाई अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस वक्तव्यमार्फत नेपाल सरकार र सम्बन्धित निकायहरुलाई हार्दिक अनुरोध गरेका छन् । प्रेस वक्तव्यको पूर्ण पाठ यस्तो छ: