काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् ।

मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थापाको मंगलबार अपराह्न ४ बजे २५ मिनेटमा निधन भएको पाण्डेले बताए । अन्तिमपटक गरिएको पिसिआर परीक्षणमा थापामा कोरोना नेगेटिभ आएको थियो । थापाले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन दृढसंकल्पित रहेको पाण्डेले बताए ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ । साथै, यहीबीचमा पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय पनि भएको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले शोक वक्तव्य जारी गरी जनाएका छन् ।
केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।
कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर