
यतिबेला भारतमा प्रधानमन्ीब्रत्री मोदीको कुन कुराको लागि तीब्र आलोचना भइरहेको छ भने उनले बिश्वमा प्रसंशा पा।उनका लागि देशको हितलाई बेवास्ता गरेर अरु अरु देशलाई कोभिड –१९ बिरुद्धको खोप प्रदान गरे । सामान्य हिसाबले त यो कुरा ठीकै हो कि आफ्नो घरमा आगो लागेको छ भने पहिला त्यसलाई निभाउनु पर्दछ । त्यसपछि वरिपरी छिमेकतिरको आगो निभाउने प्रयत्न गरिनु पर्दछ । तर भारत जस्तो देश जसले बिश्व स्तरमा बिभिन्न महत्वपूर्ण मामिलाहरुमा मार्गदर्शन गर्ने लक्ष राखेको छ के भन्छ भने उसले आफ्नो देशलाई मात्र हेरेर बस्न स्वाभाबिक हुन्छ र ? । त्यसो गरेमा भारतको अन्तर्राष्ट्रिय भूमिकाको भबिष्य प्रभावित हुदैन अनि छिमेकी देशहरुले दिइरहेका चूनौतिहरुको सामना गर्नमा समस्या पैदा हुँदैन भन्ने तर्क पनि उठाइरहेको छ ।
भारतमा अहिले यस्ता प्रश्नहरुको जवाफमा अमेरिका जस्ता देशहरुको उदाहरण लिने गरिन्छ, जसले कोरोनाको खोपका बिषयमा के स्पष्ट पार्न हिच्किचाहेको देखिदैन भने उसको प्राथमिकता पहिला त उसैका देशका मानिसहरु हुन् । यतिबेला अमेरिकामा डेमोक्रेटिक पार्टी सत्तामा छ । जसले बिश्वभरमा आम जनसाधारणका पक्षमा आवाज उठाउने गरेको दाबी गर्ने गर्दछ । कोरोनको हरेक दिन आज बिश्वमा चर्किदो मामिला र त्यसबाट बढ्दो मृत्यु दरको तथ्यांकको समानान्तर यदि कसैले कुनै तर्क दिन्छ भने त्यो जो कोही पनि आलोचना र हमलाको शिकार हुन्छ नै ।
तर यसमा जोखिम उठाउदै भबिष्यलाई ध्यानमा राखेर केही कुरा गर्नु र भन्नु पर्ने हुन्छ भन्ने तर्क पनि जबर्जस्त रुपमा भारतमा उठेको छ । तर्कलाई पुष्टी गर्न के भनिदैछ भने भारतको एउटा छिमेकी सानो देश नेपालमा कोरोना फैलाव भयभीत तुल्याउने किसिमको छ । एक महिना पहिलासम्म नेपालमा कोरोना पोजिटिभका घटनाहरु दिनको १०० जति मात्र हुने गर्दै आएका थिए । तर आज त्यहाँ दिनको ८००० या त्योभन्दा पनि बढी पोजिटिभ घटना देखिन थालेको छ । यसबाट मृतकको संख्या नै दिनको २०० भन्दा बढी पुग्न थालेको छ । नेपालका अस्पतालहरुको संख्या पनि कम छ भने ती आबश्यक स्वास्थ्य सामाग्रहीले सुसज्जित पनि छैनन् । एकातिर अस्पतालहरुमा कोभिड बिमारी राख्ने बेडहरु छैनन् भने भरना हुन पाएका बिमारीहरुका लागि आवश्यक औषधीहरु पनि उपलब्ध छैनन्। बिमारीले अक्सिजन कन्सन्ट्रेसरहरु पाइरहेका छैनन् । शब दाह गर्ने ठाउ नपाएर सेनाले शबदाह गर्ने ठाउभन्दा बाहिरै अन्तिम संस्कार गर्नु परिहेको छ । त्यसमाथि राजनीतिक संकटमा फँसेको नेपालले बिश्वभरीबाट खोपको निम्ति गुहार मागिरहेको छ । अर्को छिमेकी भूटानबाट पनि चिन्ताजनक समाचारहरु आइरहका र त्यहाँ बिगतको तुलनामा कोरोना संक्रमण दरमा ९०९ प्रतिशतको डरलाग्दो बृद्धि भइरहेको छ । अनि भारतको अर्को छिमेकी देश श्रीलंकामा कोरोना भाइरसको अहिलेसम्मको सबैभन्दा घातक स्ट्रेन पाइएको छ जुन हावाबाट पनि सर्ने बताइएको छ । त्यसैले मानिसहरु सिधै संपर्कमा नउँदा पनि यो फैलिन खतरा बढेको छ । यद्यपि श्रीलंकामा भयावह अबस्था छैन तर यो बढ्ने र फैलिने सम्भावना छ । डब्लु एच ओले के भनेको छ भने यी देशहरुमा स्थिति बिग्रनमा कुनै बेर लाग्ने छैन ।
यस्तो स्थितिमा भारतले आफु वरिपरीका छिमेकी देशहरु नेपाल, भूटान र श्रीलंकाका लागि कुनै जिम्मेवारी बहन गर्नु पर्ला कि नपर्ला भन्ने तर्क पनि त्यहाँ उठेको छ । भारतमा खाशगरी नेपालको सन्दर्भमा के पनि भनिएको छ भने चीनको खोप लिने प्रस्तावलाई अस्वीकार गरेर नेपालले भारतसँग खोप लिने सम्झौता पनि गरेको थियो । चीन सबै यी तीन देशमा आबश्यक खोप मात्रै होइन, अन्य सबै आवश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गर्ने तयारीमा बसेको छ । यो बेग्लै कुरा हो कि उसले ती सामाग्रीको पूरै मूल्य असुल्ने छ भन्ने भारतको बिश्लेषण छ । नेपाल, श्रीलंका र भूटानमा चीनको नीतिलाई लिएर कसैलाई केही भनिरहनु नै पर्दैन भन्ने कुरा पनि भारतीय सत्तापक्षले उठाइरहेको छ । चीन आफ्नो प्रभावलाई बढाउन र भारतको घटाउन लागेको छ र अझ बढी लाग्ने भन्ने उसको निष्कर्श छ । त्यसैले मोदी सरकारले भारतको साथै यी छिमेकी देशहरुको सहयोगमा अगाडि सर्दछ र कोरोना बिरुद्धको खोप लगायतका सामाग्री पठाउने कदम उठाउँदछ भने भारतको बिपक्ष र त्यहाँका एकथरी सञ्चार माध्यमहरु त्यसको खेदो गर्नमा लाग्छन् भनेर मोदी सरकार भनिरहेको छ ।
यो सही कुरा हो कि यतिबेला जति सामाग्रीहरु र खोप भारतका यी छिमेकी देशहरुमा पठाइने छ त्यसको सोझो असर भारतमा कोरोना कहर समाप्त र नियन्त्रण गर्ने कदमहरुमा पर्ने छ । तर त्यो सहयोग गरिएन भने ती देशका जनतामा भारतकाप्रति बितृष्णा भाव बढ्नुकासाथै चीनलाई ती देशहरुमा प्रबेश गर्ने र खेल्ने अबसर मिल्नेछ भन्ने तर्क दिएको छ । भूटान भारतसँग अन्तर्राष्ट्रिय मञ्चहरुमा हरेक समयमा खडा हुने देश हो । अहिलेसम्म भूटानमा चीनको दूतावास पनि छैन । यद्यपि भारतले के मान्दछ भने चीन भूटानमा दूतावास खोल्ने प्रयत्नमा छ । डोकलामा सैन्य गतिरोधलाई पनि बिर्सनु हुँदैन भन्ने भारतको कुरा छ । यतिबेला यदि बिवश भएर भूटानले चीनका स्वास्थ्य सामाग्री र कोरोना–खोप लिन थाल्यो भने भारतका लागि कति ठूलो रणनीतिक चूनौति खडा होला भन्ने चिन्ता पनि भारतीय सत्तालाई छ । उसले आफ्नो सुरक्षाका निम्ति भूटानलाई महत्वपूर्ण रणनीतिक स्थल मानेको छ । भारतले यतिबेला श्रीलंकाको महेन्द्र राजपाक्षेको सरकार कसरी चीनका काखमा पुग्यो र भारत बिरोध नीतिहरुमा चल्न थाल्यो भन्ने कुरा पनि उसेल बिर्सन नहुने भनिरहेको छ । यस सम्वन्धमा भारतको सघन कूटनीतिपछि मात्र श्रीलंका चीनको एकपक्षीय पकडबाट बाहिर निस्कको हो भन्ने पनि गरेको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले श्रीलंका चीन र भारतको शक्ति प्रतिस्पद्र्धामा पर्न चाहदैन, दुबैसँग मिलेर काम गर्न चाहन्छ भनेको कुरा पनि यतिबेला उल्लेख गर्दैछ । भारतले श्रीलंकामा बिभिन्न स्तरमा चीन प्रवेश गरिसकेको पनि औल्याउन छोडेको छैन । कोलम्बो बन्दरगाह र त्यससँग सम्वन्धित परियोजनाहरुका कुरालाई लिएर चीनका रक्षामन्त्री श्रीलंका भ्रमणकागएको कुरा र चीनको सरकारले लगातार श्रीलंकासँग सम्बाद कायम राखेको कुरा पनि भारत औल्याइरहेको छ । उसले चीनको पभ्रावमा नेपाल गएको कुरा पनि यस सन्दर्भमा उठाउदै नेपाल भारतको प्रतिकूल स्थितिमा कसरी पुग्यो भन्ने हौवा खडा गर्न पनि बाँकी राखेको छैन ।
निश्चय पनि यति बेला आफ्नो देशका जनतालाई सुरक्षित तुल्याउनु तिनको ज्यान बचाउनु आदि भारतको प्राथमिक र सर्बोपरी काम हो र हुन्छ नै । तर भारतले आफ्ना मानिसको परिभाषालाई देशमा मात्र सीमित नराखेर देशभन्दा बाहिर छिमेकी देशहरु खाशगरी नेपाल, भूटान, श्रीलंका जस्ता आफ्ना रक्त सम्वन्ध भएका साँस्कृतिकरुपमा अबिछिन्न देशहरुसम्म बिस्तार हुनु पर्ने मनसुवा राख्नु पर्ने हो कि होइन भन्ने प्रश्न पनित्यहाँका बिपक्ष समक्ष उठाएको छ । यसमा स्पष्ट भएर नजाने हो भने त्यसले देश हितलाई अन्यत्र धकेल्ने तर्क पनि उसले दिएको छ । आज त्यहाँको सत्तामा भारतीय जनता पार्टी छ । भोली कोही अरु होला । तर पनि देशको दूरगामी हित स्थीर र स्थायी रहन्छ भनिरहेको छ ।
अमेरिकाको भौगोलिक परिबेश भारतको जस्तो छैन कि उसले नेपाल, भूटान र श्रीलंकाकै जस्तो साँस्कृतिक–सामाजिक–सभ्यतागत रुपले जेलिएका छिमेकी पनि प्राप्त गर्न सक्तैन । अमेरिकालाई चीन जस्तो छिमेकी पनि प्राप्त छैन जो हरेक समयमा अरु छिमेकीहरुलाई भारतको बिरुद्ध प्रयोग गर्ने दाउमा हुन्छ भन्ने पनि भारतीय सत्ता प्रतिस्ठानको निचोड छ । यस सन्दर्भमा चिन्ता त बंगालादेशको पनि भारतले गर्नु पर्ने उसले ठान्छ । यद्यपि बंगालादेश बाहिरबाट पनि खोप र अन्य स्वास्थ्य सामाग्री किन्न सक्ने स्थितिमा छ । भारतको सत्ता प्रतिष्ठानले यी सबै कुरालाई ध्यानमा राखेर खोप छिमेकी देशमा पठाउने सम्बन्धमा देश भित्र उठिरहेका प्रश्नहरुका सन्दर्भमा निष्कर्श निकाल्नु पर्ने र भारतको सरकार, बिपक्ष र बुद्धिजीवी सबैले यस कुरामा बिचार पुर्याइनु पर्ने कुामा जोड दिदैछ । यस्तै ठूलो संकटकै बेला नै कुनै पनि देशको परीक्षा हुने गर्दछ भन्ने तर्क पनि त्यहाँ उसले दिइरहेको छ । यसरी कोरोना खोपको बाहानमा राजनीति चलिरहेको छ ।