काठमाडौं । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघमा आबद्ध नेपालका आठ ट्रेड युनियनहरुहरुले १७ बुँदे अपिल जारी गरेका छन् ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम,संबैधानिक संकट र कोरोनाका कारण उत्पन्न संकटपुर्ण परिस्थिति प्रति गंभीर चासोका साथ यो अपील जारी गरिएकाे जनाइएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे संसद विघटनकाे विराेध गर्दै प्रधानमन्त्रीका याे कदमले देश प्रतिगमन हुँदै प्रतिक्रान्तिको दिशामा धकेलिएकाे र  २०६२/०६३ को जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्न गंभीर चुनौती खडा भएको उल्लेख गरिएकाे छ ।
अपिलमा संविधान विपरीत नियुक्ति भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि मुलुकको राष्ट्रियतामा गंभीर आंच पुग्ने तथा गैह्र नेपालीले जथाभावी
नेपाली नागरिकता लिन पाउने गरि संसदलाई छलेर अध्यादेशबाट नागरिकता कानुन लागू गरिएको गरिएकाे र यसबाट मुलुकमा फिजिकरण र सिक्किमिकरण बढेकाे भन्दै यस किसिमको राष्ट्रहित विरोधी कदम तथा निरङकुश र स्वेच्छाचारी शासन शैलीको घोर विरोध र भत्सर्ना गरिएकाे छ ।
यस्तै एमसीसी जस्तो राष्ट्र हित र सुरक्षा विपरीतको संझौतालाई जवरजस्ती पारित खाेजिएकाेमा पनि विराेध गरिएकाे छ । 
अपिलमा कोरोना महामारीका कारण थुप्रै शिक्षक,कर्मचारी ,स्वास्थ्यकर्मी ,असंगठित क्षेत्र लगायतका निधन भएका सयौ श्रमिक पेशाकर्मीहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएकाे छ र शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना ब्यक्त गरिएकाे छ ।
सबै क्षेत्र र तहबाट असंवैधानिक कदमका विरुद्ध विरोध र
भण्डाफोर गर्दै कोरोना महामारीबाट आक्रान्त श्रमिकहरुको राहत,उद्वार र पुनःस्थापनका लागि सक्रियता पुर्वक भुमिका निर्वाह गर्न सबै ट्रेड युनियनहरु तथा
श्रमिक पेशाकर्मीमा हार्दिक अपील गरिएकाे छ ।
यस्ता छन् १७ बुँदे मागहरु :
१.
असंवैधानिक तवरले राज्य संचालन गर्ने परिपाटीको अविलम्ब अन्त्य गरि विघटित प्रतिनिधि सभाको पुनःस्थापन गरि प्रतिनिधि सभाबाट नयाँ सरकारको गठन गर्न माग गर्दछौ।
२) राष्ट्रियतामा आंच पुग्ने र विदेशी नागरिकहरुले जथाभावी नागरिकता पाउने गरि अध्यादेशबाट जारी गरिएको नागरिकता कानुन खारेज गर्न र राष्ट्रियहित र सुरक्षाको सुनिश्चितता हुने गरि कठोर खालको नागरिकता वितरण नीति तर्जुमा गरेर संविधान र कानुनमा सुधार गर्न जोडदार माग गर्दछौ।
३) एमसीसी जस्तो राष्ट्रहित विरोधी संझौता यथास्थितिमा कुनै हालतमा लागू गरिनु हुदैन र नेपालको जलविद्युत उत्पादनको उपयोग र वितरणमा राष्ट्रिय हित र स्वाधीन आत्म निर्भर अर्थनीति निर्माण हुने गरि जलविद्युत उत्पादन ,प्रशारण र वितरणको नीति अवलम्बन गर्न माग गर्दछौं ।
४) कोरोना महामारी नियन्त्रणका लागि शुरुआत गरिएको भ्याक्सिन यथाशीघ्र आयात गरेर सम्पुर्ण श्रमिकहरुलाई निशुल्क उपलब्ध गराउने ब्यबस्था गर्न माग गर्दछौं
।५) कोरोना महामारी बाट विरामी परेका श्रमिकहरुलाई निशुल्क उपचार गर्ने सुनिश्चितता गर्न माग गर्दछौं ।
६) कोरोना उपचारमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाका साथै उच्च मनोबलका साथ सेवामा जुटनका लागि पर्याप्त आर्थिक सुविधा र वीमा रकम वृद्धि गर्न जोडदार माग गर्दछौं ।
७) कोरोना फैलन नदिन सर्वदलीय संयन्त्र, स्वास्थ्यकर्मी र ट्रेड युनियनहरुको संगठीत शक्ति परिचालन गरि टोल ,समुदायमा सचेतनता अभियान संचालन गर्न , सबै सीमा क्षेत्रमा परिक्षण विस्तार गर्न ,होल्डीङ्ग सेन्टर स्थापना गर्न, हरेक घर परिवारसम्म स्वाब परिक्षण विस्तार गर्न ,सबै जिल्ला र प्रमुख शहरमा स्वाब परिक्षण केन्द्र स्थापना गर्न
माग गर्दछौं । र कोरोना महामारीको बीमा रकम र स्वास्थ्यकर्मीहरुको थप प्रोत्साहन रकम यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्दछौ।
८) कोरोनाका कारण रोजगारी र आम्दानी गुमाएका श्रमिकहरु र वेरोजगारहरुलाई लक्षित गरेर स्वरोजगारी श्रृजना गर्न सबै रोजगारीमुलक सरकारी कार्यक्रम ,कल्याणकारीकोषमा जम्मा भएको रकमलाई एकिकृत गरेर न्युनत्तम १ खर्बको  रोजगारी र राहत कोष खडा गर्न जोडदार माग गर्दछौं । यस्तो रकम स्थानीय सरकारहरुको शिफारिसमा परियोजनाका आधारमा विना ब्याज सापट नगद हस्तान्तरण गर्न माग गर्दछौं ।
९) कोरोनाको महामारीको बेला अस्थायी ,करार र ज्यालादारी श्रमिकहरुको रोजगारी सुनिश्चित गर्न र उनीहरूलाई सामाजिक सुरक्षामा आबद्ध गरि सामाजिक सुरक्षाका आर्थिक सुविधा उपलब्ध गराउन माग गर्दछौ।
१०) यस्तै कोरोना महामारीमा पिडित श्रमिक र तिनका आश्रित परिवारहरुको सहयोग , उद्वार, राहत, उपचारमा संगठीत तवरले सहयोग पुर्याउन सबै आबद्ध ट्रेड युनियनहरुमा हार्दिक अनुरोध गरिन्छ । 

१४) सबै शिक्षक ,प्राध्यापकहरु लाई अनिवार्य रुप्मा भ्याक्सिन लगाएर मात्रै शिक्षण संस्थाहरु संचालन गर्न , शिक्षण संस्थाहरुमा वैकल्पिक शिक्षा पद्धतिका लागि प्रविधिको व्यवस्थाका लागि लगानी बृद्धी गर्न, सबै सरकारी शिक्षक, विधालय कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई प्रचलित सरकारी स्केल बमोजिम तलब सुविधा प्रदान गर्न र सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गर्दछौं ।
१५) बैदेशीक रोजगारीमा गएर कोरोना महामारीको कारण दुखः पाई रहेका आप्रबाशी श्रमिकहरुको जीवन सुरक्षा, खानपिन र उपचारको ब्यबस्थाका लागि सम्बन्धित देशका सरकारलाई यथोचित व्यवस्था गर्न कुटनैतिक नियोग हरुलाई प्रभावकारी परिचालन गर्न र रोजगारीमा दुख पाईरहेका श्रमिकहरुलाई स्वदेश फिर्न चाहेमा सुरक्षित साथ स्वदेश फर्काउने ब्यबस्था गर्न माग गर्दछौ।
१६)संयुक्त राष्ट्र संघ र यसका बिशिष्टिकृत संस्थाहरु आइएलओ, विश्व खाध्य संगठन, विश्व स्वास्थ्य संगठन हरुबाट बिश्वब्यापी रुपमा कोरोना महामारीका कारण गरिब र बेरोजगार भएका श्रमिकहरुको जीवनको उद्दार र राहतका लागि एकिकृत तवरले राहत, उद्वार, उपचार ,रोजगारीका लागि नेपाल लगायत गरिब राष्ट्रका लागि स्टुमुलेट, प्याकेज घोषणा गर्न÷ गराउन नेपाल सरकारले यथाशीघ्र पहल गर्न माग गर्दछौं ।
१७) प्यालेस्टाइन क्षेत्रमा ईजराईली सरकारले निस्रंश तवरले बालबालिका ,महिला, बृद्ध बृद्धाहरुको हत्या गर्ने , पुर्वाधार ध्वस्त बनाउने र नाकाबन्दी गर्ने काम गरिरहेको छ। हामी इजरायल सरकारको को अमानवीय हस्तक्षेप र आतंकको विरोध गर्दै जनताको आफ्नो मातृभूमिको रक्षाका लागि संघर्ष आन्दोलनमा हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौं ।
अपिलमा विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालको तर्फबाट १)प्रेमलकुमार खनाल, संयोजक, २) मोहनमान स्वांर सहसंयोेजक, ३) बिश्वनाथ प्याकुरेल –संयोजक, पेशागत महासंघ, नेपाल, ४) मणि श्रेष्ठ –सहसंयोजक , पेशागत महासंघ ,नेपाल, ५) लोकराज भुषाल– अध्यक्ष – अखिल नेपाल ट्रेड युनियन महासंघ
६) मधु बिसी – अध्यक्ष नेपाल ट्रेड युनियन फेडरेशन, 
७) चिराग कुंवर – अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपाल
८) रामेश्वर श्रेष्ठ – महासचिव राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ
९) राजन तिमिल्सिना – क्रान्तिकारी ट्रेड युनियन महासंघ
१०) ईश्वर तिमिल्सिना – अध्यक्ष , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
११) केदार गिरी – प्रगतिशील नेपाल ट्रेड युनियन महासंघ, लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर