महान शहिद कृष्णसेन (ईच्छुक)को सम्झनामा ।

महान शहिद कृष्णसेन (ईच्छुक)को सम्झनामा ।

नरुकुन क्रान्तिका पाईला

नसुकुन कोपिला फूल

तिम्रा ती आस्था र बिचार

छाड्दैनौ गरेर भूल

मर्ने  त  मरेर  गए

महान शहिद बन्नेहरु

बाचेर कोहि मरेका छन्

ज्युदो लास बन्नेहरु

बाधेर टाउकोमा  कफन

हिड्नेहरु हिडेका छन्

फासिष्ट तख्ता पल्टाउन

दुश्मन सङ्ग भिडेका छन्

रचेका   तिमिले    कृति

कोपिला भै फक्रेका छन्

श्रृ जनाका मुहान बन्दै

जताततै  उम्रेका  छन्

थापेर  छातिमा  गोली

खानुपरे खाउलानै बरु

क्रान्ति नै मुक्तिको मार्ग

त्यो भन्दा छ र के अरु

हासेका छन् आजको दिनमा

हत्यारा  औ  लुटेरा   जन

चुसेका छन् यो देशको रस

ठूला अजिङ्गर  बनिकन

आउदैछ पालो नी तिनको

कतिबेर नै होला र ढिलो

नफाली  जादैन     खिल

निचोरी यो देशको  पिलो

गरेर   सपना    पुरा

छाड्छौ महान शहिदको

ल्याएर  जनबाद  नयाँ

पार्ने  छौ देश मुक्ति यो ।

२०७८/२/१३