जेठ ७ काठमान्डौ ।
गत संसदमा विश्वासको मतमा पराजित भएको र संसदमा ठूलो दलका हिसावले पुन: सरकारको नेतृत्व गरेका केपीओलीले ३०दिनभित्र पुन: विश्वासको मत लिनुको वदलामा उनैको सिफारिसमा राष्ट्रपतिद्वारा सरकार गठनका लागि चालिएको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कुरा पार्टी प्रवक्ताव्दारा निम्न प्रेस वक्तव्यमार्फत जानकारी प्राप्त गराइएकोछ ।

प्रेस वक्तव्य
मिति: २०७८ जेठ ७
२०७८ जेठ ६ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सरकार गठनका लागि चालिएको कदमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । आज २०७८ जेठ ७ मा महासचिव क. किरणको अध्यक्षतामा सम्पन्न स्थायी समितिको बैठकमा यस परिघटनाबारे विचार विमर्श गरी यस प्रकार निर्णय लिइएको छ :
१) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा चालिएको उक्त कदम स्वयं उनीहरुकै संवैधानिक प्रक्रिया मात्र नभई आन्दोलनका आंशिक उपलब्धिका विरुद्ध र निरंकुशतावाद तथा फासिवादतर्फ समेत परिलक्षित रहेको छ । कोभिड–१९ महामारीद्वारा सिंगो देश तथा जनता आक्रान्त भएको बेला वैदेशिक प्रतिक्रियावादको निर्देशनमा चालिएको यस जन विरोधी तथा राष्ट्रघाती कदमको हाम्रो पार्टी दृढ विरोध तथा भत्र्सना गर्दछ ।
२) देशको राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान र कोरोना महामारीका विरुद्ध जनताको जीवन रक्षा तथा जनस्वास्थ्यको पक्षमा सशक्त आवाज उठाउनका लागि हाम्रो पार्टी सम्पूर्ण देशभक्त, जनवादी तथा वामपन्थीहरुसित विशेष अपिल गर्दछ ।
प्रतीक
पार्टी प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)





























