
काठमाडौं । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई एकै दिन दुईवटा झड्का लागेको छ । राष्ट्रियसभा उपनिर्वाचनमा प्रतिस्पर्धी खिमलाल देवकोटासँग पराजय भएकै दिन सर्वोच्चले गृहमन्त्रीको पद खाइदिएको छ । यता देवकोटासँग उपनिर्वाचन हार्दैगर्दा उता अदालतले मन्त्रीपदबाट मुक्त गर्न सर्वोच्चले आदेश जारी गरिसकेको थियो ।
बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग ५०८८ मतका विरुद्ध ४०१४ मत ल्याएर पराजित हुन पुगे ।
स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका थिए । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए ।
बादललाई बादलकै पार्टी एमालेका माधव नेपाल समूहका मतदाताहरुले भोट हालेनन् । नेपालसँगको वान टु वान वार्तामा बादलको पद जेसुकै भएपनि आफ्नो प्रधानमन्त्रीको पद चाहिं सुरक्षित हुनुप¥यो भनेर ओलीले नेपालसँग कुरा गरेको भन्ने पनि उच्च स्रोतको दाबी छ ।
माधव नेपालसँगको विवाद मिलाउँदा पुरानो एमालेको कमिटि पुनर्जीवित हुँदा ओलीले बादललाई दिएको पार्टी हैसियत पनि खोसिने र बादल लगायत पूर्व माओवादीबाट एमालेमा गएका नेताहरु न यता न उताको हालतमा पुग्ने स्थिति बनेको पनि स्रोतको दाबी छ ।






























