
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ । उपचारको क्रममा यादवको मेडिसिटी अस्पताल आज बिहान निधन भएको हो ।
यादवलाई कोरोनाको संक्रमण देखिएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो । यादव एमाले पार्टीको धनुषा इन्चार्ज समेत थिए । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको पनि कोरोना संक्रमणबाट निधन भएको छ ।
बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुई सातअघि उनलाई संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा रहँदा उनी त्यहाँको प्रवक्ता समेत थिए । केसी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी बासिन्दा हुन् ।






























