काठमाडौँ । गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशैभर गरेर २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको हो ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २४ सय ८८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल ९५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर