५ जेष्ठ काठमाडौं ।
अहिलेसम्म नेपालमा कोरोनाभाइरसका तीन वटा भेरिएन्ट फेला परेको छ । नेपालमा परिवर्तित भाइरस सहित तीन किसिमका भेरिएन्ट भेटिएको हो ।
स्वास्थ्य मन्त्रालयले मंगलबार एक बिज्ञप्ती जारि गर्दै देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) (बी १६१७२) र ३ प्रतिशतमा (बी१६११७१) भाइरस फेला परेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
परिवर्तित बी१६१७२ र बी १६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरससँगै नेपालमा फैलिएको कोरोनाभाइरसको नयाँ प्रजाति तीन पुगेको छ । यसअघि नेपालमा युके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको थियो ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा समेत गरेको छ । हाल पत्ता लागेको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।
यो संगै सबै सचेत र जिम्मेवार बनि जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्नलाई स्वास्थ्य मन्त्रलायले आग्रह गरेको छ ।
कोरोना भाइरसको बी १.६१७.२ भेरियन्ट ट्रिपल म्युटेन्ट अर्थात तीनवटा उत्परिवर्तित कोरोना भाइरसको मिलनबाट बनेको नयाँ भेरियन्ट हो ।
विश्व स्वास्थ्य संगठनले पनि भारतमा पहिलो पटक देखिएको यो भेरियन्टलाई हालै (मे १०, वैशाख २७) विश्वव्यापी चासोको भेरियन्ट भनेको थियो ।
वैज्ञानिकहरु कोरोना भाइरसको यो भेरियन्टलाई लिएर चिन्तामा छन् । म्युटेसन भएर बनेका तीन भेरियन्टहरु इ ४८४ क्यू, एल ४५२ आर र पी ६८१ आर का गुण एकै भेरियन्ट बी १.६१७.२ मा देखिएको छ । यी म्युटेशनहरु यूके, साउथ अफ्रिका र ब्राजिलमा पाइएका संक्रामक भेरियन्टहरुमा पनि देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर