काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने ६ हजार ८९१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।
२० हजार ९७९ जनाको परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको छ भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार