आज १९ मे महान माक्र्सबादी योध्दा हो चि मिन्हको १३१औं जन्म जयन्ति

आज १९ मे महान माक्र्सबादी योध्दा हो चि मिन्हको १३१औं जन्म जयन्ति

विश्व प्रसिध्द भियतनामी माक्र्सबादी नेताको जन्म आजकै दिन १९ मे १८९०मा भएको थियो । हो चिमिन्हको १३१औं जन्म जयन्ति स्मरणको अवसरमा ’सादा जीवन र उच्च बिचारका अप्रतिम प्रतिमूर्ति’ काका होप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन ! अमर छन् काका हो ! महान नेता तथा सादा जीवन र उच्च बिचारका एक जीबन्त प्रतिमूर्ति काका हो चिमिन्हबाट सिकौं ! देश र जनता तथा स्वाधीनता र स्वतन्त्रताका लागि अबिचलितरुपमा अग्रसर होऔं !
जतिबेला भियतनाम बिश्व साम्राज्यवादी शक्ति अमेरिकाका बिरुद्ध भिषण राष्ट्रिय मुक्ति आन्दोलनमा सम्पूर्ण शक्तिकासाथ लडिरहेको थियो, त्यसबेला एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका अतिरिक्त यूरोप र अमेरिकामा समेत भियतनामी जनता र उनीहरुको न्यायपूर्ण युद्धको पक्षमा काका हो चि मिन्हको समर्थमा सारा बिश्वमा यो नारा लागेको थियो ‘तिम्रो नाम, मेरो नाम भियतनाम भियतनाम’ ।
त्यो जनता र राष्ट्रको मुक्तिका निमित्त अथक रुपमा लड्ने र नेतृत्व गर्ने महान माक्र्सवादी नेता थिए कका हो चिमिन्ह ! देश र जनताप्रति खाशगरी सर्बहारा श्रमजीबी बर्गको मुक्ति र समुन्नतिका निमित्त अत्यन्तै उच्च निष्ठा,आदर्श, त्याग र नैतिकताकासाथ समर्पित एक अतुलनीय भियतनामी नेता थिए उनी । उनकै नेतृत्वमा भएको भिषण संघर्षमा भियतनाममाथि अति नै विषालु नापाम बम बर्षा गर्ने शक्तिशाली अमेरिका भियतनामबाट भाग्नु परेको थियो । ती भियतनामी जनताका नेतालाई सबैले श्रद्धापूर्वक ‘काका हो’ भनेर प्यारो सम्वोधन गर्ने गर्दथे । उनका अनेक रचनात्मक कृतिहरू मध्ये ‘क्रान्तिकारी नैतिकता’ बिश्वब्यापीरूपमा नै चर्चित र क्रान्तकारीहरूका लागि जनता र राष्ट्रको सेवामा समर्पित भएर लाग्न अतिनै प्रेरणादायी कृति मानिन्छ ।
व्र्तमान कम्युनिस्ट आन्दोलन जसमा कम्युनिस्ट नैतिकताले ओतप्रोत भएका नेताहरु भेट्टाउन कठिन भइरहेको अवस्थामा हो चिमिन्हव्दारा रचित ‘क्रान्तिकारी नैतिकता’ कृति खोजी खोजी अध्ययन गर्न र त्यसलाई व्यवहारमा लागु गर्न आवश्यक देखिएको छ । दलाल नोकरशाहाहरु, सामन्तहरु र विचौलियाहरुले आफूलाई कम्युनिस्ट हौ भनेर जनतामा भ्रम पारिरहेको समयमा उक्त कृतिले यी नक्कली कम्युनिस्टहरको वास्तविक अनुहार देखाउन मद्त गर्दछ ।