काठमाडौं । धनगढीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएल च्याम्पियन बनेको छ । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो । जितसँगै काठमाडौंले ३५ लाख नगद पुरस्कार हात पारेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाउनु प¥यो ।

काठमाडौंको जितमा विदेशी खेलाडी मैसोके ओलुमोउलेले एकमात्रै निर्णायक गोल गरेका थिए । खेलको २१औं मिनेटमा धनगढीका विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा ओलुमोउले गोल गरेका थिए ।

प्रतियोगितामा यो उनको आठौं गोल हो । उनी प्रतियोगिताको सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बनेका छन् । त्यसबाहेक खेलमा कुनै गोल हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर