अन्तरिक्षमा चीनको सफलता : मंगलग्रहमा यान सफलतापूर्वक अवतरण

प्रकाशित मिति : २०७८ जेष्ठ १


एजेन्सी । अन्तरिक्षमा चीनले अर्को अद्भूत सफलता हात पारेको छ । चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । चुर्रोङ नामक ६ पाङग्रे यस यानले मंगलग्रहको उत्तरी ध्रुवस्थित ग्तयउष्ब एबिलष्तष्ब मा अवतरण गर्ने लक्ष्य राखेको थियो ।

मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गराउने चीन दोस्रो देश हो । यसअघि अमेरिकाले मात्रै यस्तो उपलब्धि हासिल गरेको थियो । मंगलग्रहमा जान खोजेका अन्य सबै देशहरुको यान या त ध्वस्त भएको थियो वा त्यसको सतहमा पुग्ने बित्तिकै सम्पर्कविहीन बनेको थियो ।


चिनियाँ राष्ट्रपति सि जिनपिङले मंगलग्रहको मिसनमा रहेको टिमलाई उनीहरुको अद्भूत उपलब्धिका लागि विशेष सन्देश पठाएर बधाई दिएका छन् । अमेरिकी स्पेस एजेन्सी नासाका विज्ञान प्रमुख थोमस जुर्बुचेनले पनि बधाई सन्देश पठाएका छन् । त्यस्तै रुसी स्पेस एजेन्सी रोस्कसमसका प्रमुखले यो सफलताले चीन–रुसको भविष्यको सहकार्य राम्रो हुनेछ भन्ने संकेत गरेको प्रतिक्रिया दिए ।

बेइजिङको स्थानीय समयअनुसार शनिबार बिहान ७ बजे यो यान अन्तरिक्षमा अवतरण गरेका हो, यसले आफ्नो सोलार प्यानललाई अनफोल्ड गर्न र त्यसपछि पृथ्वीमा सिग्नल पठाउन थप १७ मिनेट लागेको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् ।