
बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा उपचाररत बिरामीको मृत्यु भएको सअस्पतालले जनाएकाे छ ।
मृत्यु हुनेमा १ महिला र ४ पुरुष छन् । अक्सिजनको अभावमा २९, ५२, ५४, ४४ र ५२ वर्षीय संक्रमितको मृत्यु भएको हाे । अब अक्सिजन नआए अस्पतालमा रहेका सबै बिरामीको ज्यान जोखिममा रहेको भन्दै अस्पतालले यसअघि पनि पटकपटक जानकारी गराउँदै आइसियु र एचडीयुमा जसोतसो व्यवस्थापन गरिए पनि अहिले स्थिति नियन्त्रण बाहिर गएको बताएकाे छ।





























