थप १६८ जना संक्रमितको मृत्यु, ९३०५ जनामा संक्रमण

थप १६८ जना संक्रमितको मृत्यु, ९३०५ जनामा संक्रमण

काठमाडौं  । नेपालमा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

बुधबार देशभर ९३०५ जनामा कोरोना पुष्टि भएको छ ।  गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा कोरोना पुष्टि भएको हाे ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ४ हजार ४ सय ४४ जना डिस्चार्ज भएका छन् ।