कमरेड नैनकला शाहीप्रति क्रान्तिकारी माओवादीद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

कमरेड नैनकला शाहीप्रति क्रान्तिकारी माओवादीद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक शोक वक्तव्य जारी गर्दै कमरेड नैनकला शाहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको ७५ वर्षको उमेरमा यही २०७८ बैशाख २६ गते राती १०ः२८ बजे उपचारको क्रममा निधन भएको थियो । दैलेख जिल्ला निवासी कमरेड नैनकला शाही मृगौलाको रोगले पीडित हुनुहुन्थ्यो ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “उहाँको निधनबाट हामी स्तब्ध भएका छौँ । उहाँ हाम्रो पार्टीका पीवीएम क. हर्क शाहीकी जीवन संगिनी र केन्द्रीय समिति सदस्य क. दीपकबहादुर शाहीकी आमा हुनुहुन्थ्यो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली नयाँ जनवादी क्रान्तिका लागि महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गर्नु भएको छ । उहाँका दुई छोरा, दुई बुहारी, दुई छोरी, दुई ज्वाइँ र १२ जना नाती नातिनीहरु हुनुहुन्छ । उहाँको मृत्युको यस दुःखद घडीमा हामी क. नैनकला शाहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”