काठमाडौं । आज विद्यार्थी नेता मित्रमणि आचार्यकाे स्मृति दिवस हाे । प्युठान जिल्लाको रम्दी भन्ने ठाउँमा २०१९ असार ३ गते जन्मिएका मित्रमणी आचार्य ०३७ सालमा पक्लिह्वा क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । उनी पछि २०४१ सालमा रामपुर कृषि क्याम्पसमा पनि स्ववियु सभापति निर्वाचित भएका थिए ।
आचार्यलाई २०४२ साल वैशाख १८ गते चितवनको पर्साढाप भन्ने ठाउँमा तत्कालीन नेपाली कांग्रेस समर्थक गुण्डाहरुले खुकुरी, भाला प्रहार गरी क्रुरतापुर्वक हत्या गरिएको थियो । सोही दिनलाई मित्रमणी दिवसको रुपमा मनाउने गरिएको छ । खासगरी क्रान्तिकारी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले हरेक बर्ष विभिन्न कार्यक्रम गरि मित्रमणि स्मृति दिवस मनाउने गरेकाे छ । यस बर्ष काेभिडका करण आैपचारिक कार्यक्रम राखिएकाे छैन ।






























