
काठमाडौं । काेराेना संक्रमण नेपालमा पनि भयावह बन्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य जानकारी दिएकाे छ ।
