क्रान्तिकारी माओवादीका दार्चुला जिल्ला सहसेक्रेटरी जगत धामीकाे निधन, प्रदेश पार्टी सचिवद्वारा शाेक वक्तव्य जारी

क्रान्तिकारी माओवादीका दार्चुला जिल्ला सहसेक्रेटरी जगत धामीकाे निधन, प्रदेश पार्टी सचिवद्वारा शाेक वक्तव्य जारी


कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) दार्चुला जिल्लाका सहसेक्रेटरी जगत धामीकाे असामयिक रूपमा निधन पुन पुगेकाे छ । कारेड धामीकाे निधनले पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुगेकाे भन्दै प्रदेश पार्टीले शाेक वक्तव्य जारी गरेकाे छ । प्रदेश पार्टी सचिव चिन्तकले जारी गरेकाे शाेक वक्तव्यमा नयाँ जनवादी क्रान्ति पुरा गर्दै साम्यवादसम्म पुग्ने कमरेड जगतको चाहनामा पार्टी निरन्तर लागिरहने प्रणसहित कामरेड जगतप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएकाे छ । र, साथै पार्टी पंक्ति र परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएकाे छ ।

दार्चुला जिल्ला महाकाली नगरपालिका वार्ड १ धम्पन्याल स्थायी घरका कमरेड जगत दार्चुला सदरमुकाममा बस्दै आउनु भएकाे थियाे ।