
काठमाडौ । रूसले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीको जवाफमा दस अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
रूसको विदेशमन्त्रालयले अमेरिकाले चालेको कदमको जवाफमा कुटनीतिहरूलाई देश छोड्न र प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दस कुटनीतिज्ञलाई देश छाड्न भन्ने उल्लेख गरिएको छ ।
रूसले अमेरिकी दूतावासको उपयोग सिमित रूपमा गर्नेछ । अमेरिकाले रूसी कुटनीतिहरू विरूद्ध आर्थिक नाकाबन्दी लगाएपछि रूसले पनि त्यस्तै जवाफ दिएको हो ।
रूसले अमेरिकाको कुटनीतिक नियोगलाई पूर्णरूपमा प्रतिबन्ध गर्नेछ ।
अमेरिकी विदेशमन्त्रालय र अन्य सरकारी नियोगहरूद्वारा रूसमा सञ्चालित अमेरिकी प्रतिष्ठान र गैर सरकारी संस्थाहरूको गतिविधिलाई समाप्त पारिनेछ ।






























