काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

शनिबार बसेको सीसीएमसीको बैठकले स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएका सहरी क्षेत्रमा विद्यालय नखोल्न र वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

यस्तै डान्सबार र दोहोरी साँझहरू अर्को सूचना जारी नहुँदासम्म बन्द गर्नुपर्ने सिफारिस सीसीएमसी बैठकले गरेको छ।

रेस्टरेन्टको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको छ।

यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको निर्देशनमा राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्न भनिएको थियो।

सीसीएसीको सिफारिसअनुसार अन्तिम निर्णय भने मन्त्रिपरिषदको बैठकले गर्नेछ र त्यसपछि नियम लागू हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर