फ्लोर क्रस’ गर्ने एमाले सांसदहरुले पाए मन्त्री पद

फ्लोर क्रस’ गर्ने एमाले सांसदहरुले पाए मन्त्री पद


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफुलाई विश्वासकाे मत दिने एमाले सांसदहरुलाई मन्त्री पद दिएर शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।
शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् । नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन् । यी तीनैजना एमालेका सांसद हुन् ।
उनीहरूले शुक्रबार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । शनिबारमात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको थियो । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् ।
माओवादी केन्द्रका मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको बुझिएकाे छ ।