कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुग्याे, पछिल्लो २४ घन्टामा ५१७ जनामा संक्रमण पुष्टि

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुग्याे, पछिल्लो २४ घन्टामा ५१७ जनामा संक्रमण पुष्टि


काठमाडौं । दाेस्राे लहरकाे काेराेना संक्रमणकाे ग्राफ दिनदिनै बढ्न थालेकाे छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। सोमबार मात्रै कोरोनाबाट १३ जनाको मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा ५२ सय ३ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा ५१७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको  छ।

यस्तै पछिल्लो २४ घन्टामा १५३ जना कोरोनाबाट मु्क्त भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ। मन्त्रालयका अनुसार ३ हजार ६०८ जना कोरोनाका सक्रिय संक्रमित छन्। हाल ८५ जना क्वारेन्टाइनमा र ३६ सय८ जना आइसोलेसनमा छन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ।  केही महिनाअघि बिरामीविहीन बनेको कोभिड १९ अस्पतालमा कोरोना भाइसका बिरामी भर्ना हुन थालेका छन् । भारतमा देखिएको दोस्रो चरणको संक्रमण बढेसँगै नेपालका पनि विभिन्न जिल्लामाका  कोभिड १९ अस्पतालमा भर्ना हुनेको संख्या दिनानुदिन बढ्दै गएकाे पाइएकाे छ ।