नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा हामी हाम्रो प्रकाशन मूलबाटो डटकम र वर्गदृष्टि साप्ताहिकको तर्फबाट हाम्रा आदरणीय पाठक, विज्ञापन दाता, शुभचिन्तक तथा हाम्रो प्रकाशनलाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग पुर्‍याउनु हुने तमाम महानुभावहरुका साथै प्रकाशनको व्यवस्थापन तथा सम्पादनको क्षेत्रमा काम गर्ने सबै सदस्य साथीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौंं ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुमा स्थापना कालदेखि कलम चलाउँदै आएको र नेपाली समाजको राजनीतिक–आर्थिक–सामाजिक–साँस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको पक्षमा आवाज बुलन्द गर्दै आएको हाम्रो प्रकाशन परिवार २०७८ सालमा देश विदेशमा रहनु भएका सम्पूर्ण शोषित उत्पीडित श्रमजीवी वर्ग तथा समुदायमा आफूमाथि भएको शोषण, विभेद र उत्पीडनका विरुद्ध विद्रोह गर्ने र लड्ने चेतना जागृत होस् भन्ने शुभकामना व्यक्त गर्दछ ।
वर्गदृष्टि मिडिया प्रा.लि. परिवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार