हर्कबहादुर शाही दोस्रो स्मृति सभा तथा माक्र्सवादको रक्षा,विकास र प्रयोग सम्वन्धमा अन्तक्रियात्मक कार्यक्रम सम्पन्न

हर्कबहादुर शाही दोस्रो स्मृति सभा तथा माक्र्सवादको रक्षा,विकास र प्रयोग सम्वन्धमा अन्तक्रियात्मक कार्यक्रम सम्पन्न

चैत्र २६ सुर्खेत ।
बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा हर्कबहादुर शाहीको दोस्रो स्मृति सभा तथा माक्र्सवादको रक्षा,विकास र प्रयोग सम्वन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
हर्कबहादुर शाही स्मृति फउण्डेसनको आयोजनामा दैलेखमा जन्मेका कम्युनिष्ट आन्दोलनका योद्धा हर्क बहादुर शाही (दिनेश)को सम्झनामा दोस्रो स्मृति सभा तथा माक्र्सवादको रक्षा,विकास र प्रयोग विषयमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।
माक्र्सवादको रक्षा,विकास र प्रयोग सम्वनधी उक्त अन्तक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख वक्ता तथा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटव्युरो सदस्य चक्रपाणि शर्माले हर्कबहादुर शाही(दिनेश)को कम्युनिष्ट आन्दोलनमा गरेका योगदानको कदर गर्दै उहाँले देखाएको बाटोमा अघि बढ्ने बताउँदै वर्गीय राजनीति चिन्तन वर्तमान राष्ट्रिय राजनीतिमा देखा परेका राजनीतिक समस्या माक्र्सवादको रक्षा विकास र प्रयोगका विषयमा यो फाउण्डेसन मार्फत माक्सवादी खुल्ला विश्वविद्यालय र विकाशक्रमसँगै अन्य विचारह?सँगको छलफल बहस र अन्तक्रिया गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।


आम किसान मजदुर उत्पिडित जनसमुदायको राज्यसत्ताको स्थापना गर्न हर्क बहादुर शाही दिनेशको लक्ष्य अनुसार अघि बढ्ने कुरामा आफु कत्ति पनि विचल्लीत नहुने शर्माको भनाई थियो ।


स्मृति सभा कार्यक्रममा कानुन विद तथा बरिष्ठ अधिवक्ता माक्र्सवादी चिन्तक तथा हर्कबहादुर शाही (दिनेश) का नजिकका साथि कृष्ण हमालको समेत उपस्थिति रहेको हर्कबहादुर शाही फाउण्डेसनका अध्यक्ष दिपक बहादुर शाहीले बताए ।
माक्र्सवादको रक्षा विकास र प्रयोगका विषयक अन्तक्रियात्मक कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा हर्क बहादुर शाहीले गरेका योगदानको चचा परिचर्चा गर्दै सम्पुर्ण उपस्थित अतिथीरुले शाहीप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
कालिकोट पार्टी सचिव कर्ण बिसीले शुभकामना मन्तव्य राखेका थिए भने पार्टीको प्रदेश कार्यालय सदस्य मदन शाहीले कार्यक्रम संचालन गरेको बताईएको छ ।