चैत्र २४ को जनआन्दोलन दिवसमा देशभक्त जनगणतान्त्रिक मोर्चाका सात प्रदेशका सभा

टिप्पणी

प्रकाशित मिति : २०७७ चैत्र २८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आफूसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा ३२ औं जनआन्दोलन दिवसको अवसर पारेर जनसभा तथा विरोध प्रदर्शन ग¥यो । क्रान्तिकारी माओवादी बाहेक अन्य राजनीतिक पार्टीले खासै चैत्र २४ को जनआन्दोलन दिवस मनाएको देखिएन । क्रान्तिकारी माओवादीले भने देशैभर संघर्षकै रुपमा जनआन्दोलन दिवस मनायो ।
१ नं. प्रदेशले मोरङको विराटनगरमा भव्य जनसभा गरियो । जनसभालाई पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतीकले सम्बोधन गर्नुभयो । जनसभामा जनविद्रोह साँस्कृतिक परिवारको सांगीतिक प्रस्तुतिले जनसभालाई थप आकर्षक र प्रभावकारी बनाएको थियो ।
त्यसैगरी २ नं. प्रदेशले पनि धनुषाको जनकपुरमा ¥यालीसहितको जनसभा सम्पन्न ग¥यो । यहाँको जनसभालाई पार्टीका पीवीएम तथा प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवारले सम्बोधन गर्नुभएको थियो । प्रदेश स्तरको केन्द्रिति जनसभामा उल्लेख्य रुपमा जनसहभागिता रहेको थियो ।
यता केन्द्रित जनसभाको रुपमा आयोजना गरिएको काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा आयोजित जनसभालाई जबस मोर्चाका अध्यक्षहरुसँगै पार्टी महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नुभएको थियो । जनसभालाई सम्बोधन गर्दै महासचिव किरणले चैत्र २४ को धारा क्रान्तिकारी भएको र चैत्र २६ को धारा अवसरवादी, संसदवादी र संशोधनवादी धारा भएको बताउनु भएको थियो । क्रान्तिकारीहरुले चैत्र २४ लाई क्रान्तिप्रतिको संकल्पभावका साथ स्मरण गर्ने र गर्नुपर्ने कुरा बताउनु भयो । उहाँले चैत्र २४ कै धाराले देशवर्षे जनयुद्धको ऐतिहासिक पहल गरेको र जनयुद्धमाथि धोका र गद्दारी भएपनि त्यो प्रक्रिया अहिले पनि जारी गरेको भन्दै जोशिलो रुपमा निकै महत्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको अध्यक्षतामा भएको यो जनसभामा उहाँले पनि विचार र राजनीतिका हिसाबले महत्वपूर्ण भनाइहरु राख्नु भएको थियो ।

त्यसैगरी कास्कीको पोखरामा गण्डकी प्रदेशले आयोजना गरेको जनसभा तथा प्रदर्शनलाई पार्टीका स्थायी समिति सदस्य तथा मोर्चाका महासचिव परि थापाले सम्बोधन गर्नुभएको थियो । यहाँ पनि नारा जुलुससहित जनसभाको आयोजना गरिएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा राखेको जनसभालाई पार्टी पीवीएम तथा पार्टीका प्रदेश इन्चार्ज प्रेम सुवेदी, मोर्चाका उपाध्यक्ष केवि गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । यहाँको जनसभामा उल्लेख्य रुपमा जनसहभागिता रहेको थियो ।
उता सुर्खेतको विरेन्द्र चोकमा कर्णाली प्रदेशले आयोजना गरेको जनसभालाई पार्टीका पीवीएम तथा प्रदेश इन्चार्ज सीपी शर्मा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशले कैलालीको अत्तरियामा आयोजना गरेको जनसभा तथा प्रदर्शनलाई पार्टीका स्थायी समिति सदस्य तथा पश्चिमाञ्चल ब्यूरो इन्चार्ज रामसिंह श्रीस लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
क्रान्तिकारी माओवादीले यी सातवटै जनसभामा हजारौको संख्यामा जनपरिचालन गरेको थियो । चैत्र २४ को ऐतिहासिक दिनमा आयोजित जनसभामार्फत् क्रान्तिकारी माओवादीले नेपालमा क्रान्तिको आवश्यकता टड्कारो रहेको र त्यसको वस्तुगत आवश्यकता पनि अनुकूल रहेको स्पष्ट सन्देश प्रवाह गर्दै क्रान्तिकारीहरुले आफ्नो आत्मगत अवस्थालाई सुदृढ तुल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।
चैत्र २५ मा परेको नेपाल पत्रकार महासंघको चुनावका कारण यी सभाको राम्रो प्रचार नभए पनि यी सभाले दिन खोजेको स्पष्ट सन्देश भनेको संसदीय व्यवस्थासँगै अवसरवादी र संशोधनवादीहरु पूर्ण रुपमा असफल भएको, उनीहरुको पूर्णरुपमा औचित्य सकिएको छ र अब छरिएर रहेका सम्पूर्ण क्रान्तिकारीहरु एकजुट बनेर नयाँ जनवादमा आधारित नेपालमा संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशामा दृढ रुपमा अगाडि बढ्नु पर्छ भन्ने हो ।
नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्रोहको कार्यदिशामार्फत् नेपालमा नयाँ जनवादमा आधारित संघीय जनगणतन्त्र स्थापित हुनेछ । क्रान्तिकारी माओवादीका महासचिवले भनेजस्तै जनविद्रोहको उत्कर्षको बेला सेना, पुलिस, कर्मचारी तथा सामाजिक जीवनका सबै क्षेत्रमा रहेका क्रान्तिकारी शक्ति तथा व्यक्तिहरु एकै ठाउँमा उभिन पुग्नेछन् । र, नेपालमा क्रान्ति सान्दार रुपमा सम्पन्न हुनेछ ।