जनयुद्ध सिर्जित लाल स्रष्टाहरू

साहित्य÷कला

प्रकाशित मिति : २०७७ चैत्र २१

- –हिरामणि दुःखी


“प्रतिभा एक वा केही व्यक्तिमा निर्भर हुन्न । यो सर्वहारा वर्गको पार्टीमा निर्भर हुन्छ, प्रतिभा जनदिशा र सामूहिक बुद्धिमा निर्भर हुन्छ ।” –क.माओ
जनयुद्धले यो कुरा सावित गरिदियो कि आखिर प्रतिभा केही व्यक्तिमा मात्र सीमित हुँदो रहेनछ । साहित्य सिर्जना गर्ने कुरा कुनै एकेडेमिक व्यक्तिहरूको हो भन्ने सोंच कतिपय मानिसहरूमा पाइन्छ । के यथार्थता त्यही हो त ? हामी भन्छौं त्यसो होइन र हुनु पनि हु“दैन । यदि त्यसरी नै सोंचियो र सिर्जन कार्यलाई कुनै एकेडेमिक प्रमाण–पत्रको तराजुमा हालेर जोख्न थालियो भने माक्र्सवादी यथार्थवादको भ्रष्टिकरण हुन्छ । यसको अर्थ एकेडेमिक ज्ञानको अवज्ञा पनि होइन, र हुनु हुँदैन ।
दश वर्षको वर्गसङ्घर्षले सतहमा लुकेका अनेकौं यथार्थहरूलाई बाहिर ल्याइदियो । सयौं प्रतिभाहरूलाई खुला आकासमा ल्यायो । कविता, गीत र सङ्गीतमा त उल्यख्य प्रभाव दिन सफल स्रष्टाहरू निस्किए । कथा, नाटक, एवम् उपन्यासका क्षेत्रमा पनि स्रष्टाहरू प्रतिस्पर्धात्मक रूपमा अगाडि आइरहेका छन् । यहा“ यसै विषयमा केन्द्रित रही आधारइलाकामा जनयुद्धको शुरुआतपछि देखा परेका प्रतिभाहरूको बारेमा चर्चा गर्न खोजिएको छ ।
साहित्यको बारेमा राप्ती क्षेत्र उल्यख्य प्रभाव छोड्न सफल पुरानो क्षेत्र हो । तापनि प्रगतिवादी साहित्यको क्षेत्रमा पुराना पुस्ता (जनयुद्ध पूर्वको समय) का स्रष्टाहरू अत्यन्तै न्यून रहेको पाइन्छ । माक्र्सवादी यथार्थवादलाई क्रान्तिकारी कोणबाट बु¤ने र लेख्ने स्रष्टाहरू भने औंलामा गनिनेहरू मध्यमा नै पर्दछन् । त्यसमा पनि जनयुद्धको शुरुआतपछि केही स्रष्टाहरूमा भएको वैचारिक विचलनतासँगै साहित्यको क्रान्तिकारी धारमा पनि खिया लागेको अवस्था रह्यो । राप्तीमा पनि समग्र साहित्यिक क्षेत्र होस् या माक्र्सवादी साहित्यमा, प्रभावित जिल्ला दाङ हो । त्यसपछि प्यूठान, रुकुम, रोल्पा र सल्यान क्रमैसँग पर्दछन् ।
जनयुद्ध पूर्वको समयका क्रान्तिकारी कित्ताका साहित्यकारहरूमा कृष्ण सेन ‘इच्छुक’, नेत्रलाल ‘अभागी’ मस्त विष्ट आदिले अमरत्व प्राप्त गरेर जानुभएको छ, भने वरिष्ठ सौन्दर्यचिन्तक चैतन्य अहिले भारतको जेलमा बन्दी जीवन बिताइरहनु भएको छ । यी नामहरू राष्ट्रिय स्तरमै माथि उठेका साहित्यिक नामहरू हुन् । प्रगतिवादी साहित्य लेखनका क्षेत्रबाट शहादत प्राप्त गर्नेदेखि जेल जीवन बिताउने उच्च प्रतिभा यसै क्षेत्रमा रहेका छन् भने आफैले बुझेको माक्र्सवादी यथार्थवादलाई लत्याएर एन.जी.ओ. र सुविधाको प्रलोभनमा डुवेर विचारमा स्खलित भएका स्रष्टा पनि यहा“ रहे । त्यसका साथै साहित्यलाई वर्गसङ्घर्षमै कर्मथलो बनाएर जनताको सेवामा नै लगाउने स्रष्टाहरू पनि यस क्षेत्रमा कम छैनन् । जस्तो कि कुलानन्द गिरी, हिरामणि दुःखी, पूर्ण घर्ती, मणि थापा, नदीराम केसी, लगायतका पुराना स्रष्टाहरू जनयुद्धकै क्रममा निरन्तर लेखनयात्रामा क्रियाशील नै छन् । त्यसैगरी बदलिएको परिस्थिति अनुकूल आन्दोलनमा सरिक हुन नसके पनि राजनैतिक परिदृष्यबाट टाढा रही रचना सिर्जनालाई निरन्तरता दिनेहरूको पनि एउटा हिस्सा रहेको छ । जे होस् प्रगतिवादी साहित्यको क्षेत्रमा यो क्षेत्रले उल्लेख्य योगदान दिंदै आएको छ ।
जनयुद्धको क्रमसँगै साहित्यिक क्षेत्रमा प्रवेश गरेका स्रष्टाहरूको मुख्य विधा भने कविता, गीत÷सङ्गीत, र संस्मरण उल्लेख्य रहेका छन् भने कथा, नाटक, एकाङ्की केही कम मात्रामा रहेका छन् । लेख, समालोचना जस्ता गद्य विधामा पनि स्रष्टाहरू देखा परेका छन् । उपन्यास लेख्ने कार्य पनि छिटफुट मात्रामा भएको देखिएको छ । जनयुद्धको आरम्भसँगै जन्मिएका र विभिन्न विधागत क्षेत्रमा कलम चलाएका नवप्रतिभाहरूको चर्चा गर्दा यसरी गर्न सकिन्छ ।
१. कवितातर्फ ः
कविता लेखनतर्फ कलम चलाएर अगाडि बढेका स्रष्टाहरूमा दाङका अदयदिप शर्मा, पुरण शर्मा, मदन पौडेल, महेश ओली छन् भने रोल्पाबाट पुरण क्षेत्री, विरबहादुर खत्री, गुलाफ मगर, गतिमान पुन, मौसम रोका, मुक्ति विहानी, निर्मल महरा (एटम), अविरल र अञ्जुली रहेका छन् । त्यसैगरी कविता लेखनका क्षेत्रमा रुकुममा उषा मगर, कोपिला वि.एम, विवेक पुन, उपहार, ओपेन्द्र वि.क., गणेश वि.क.ले निरन्तरता दिइरहेका छन् । जनयुद्धको क्रमसँग सल्यानमा कविता लेखन क्षेत्रमा कलम चलाएका नामहरू मोहलाल चन्द, तिलक मल्ल, हिरालाल के.सी., गणेश शाही, बन्धु चन्द रहेका छन् भने प्यूठानमा धनेश्वर पोख्रेल, कृष्ण घिमिरे (झपेन्द्र शर्मा), उज्ज्वल र प्रभात के.सी. रहेका छन् । निरन्तर रूपमा कविता लेखनलाई नै आप्mनो क्षेत्र नबनाएता पनि छिटफुट रूपमा कविता लेख्ने कार्य पनि नछोडेका तर राम्रा रचना लेख्न सक्ने अन्य नामहरू हुन्– सौगात आचार्य– दाङ, कमला रोका– रुकुम, सुशील (जनमुक्ति सेना)– दाङ, अर्जुन साईंला (जनमुक्ति सेना)– रोल्पा, गोपाल शर्मा (अनल)– रुकुम ।
जनयुद्धको क्रमसँगै कविता क्षेत्रमा कलम चलाउ“दा चलाउ“दै शहादत प्राप्त गर्नेहरूमा माधव घिमिरे र अर्जुन नमुवा– दाङ, चन्द्रबहादुर राना र मोहन रेग्मी–सल्यान, कमला भण्डारी र पुनित– रुकुम, रहनु भएको छ । राजकुमार विष्ट– रुकुम (हाल जेलमा) हुनुहुन्छ ।
२. गीत–सङ्गीततर्फ ः
जनयुद्धको क्रमसँगै कवितापछि अत्यन्तै फस्टाएको विधा गीत÷सङ्गीत हो । यस क्षेत्रमा प्रतिरोध सांस्कृतिक परिवार, मगरा“त सांस्कृतिक परिवारले क्षेत्रीय रूपबाट आºना गतिविधि सञ्चालन गरेका छन् । जसमा प्रतिरोध परिवारले भने केन्द्रीय प्रभाव छोड्न सफल रहेको छ । राप्ती, धौलागिरी, लुम्विनी, र गण्डकीका गाउ“ गाउ“मा आºना प्रस्तुतीहरू पस्किरहेको यो परिवार केही समय अगाडि भारतका विभिन्न शहरहरूमा हजारौं जनताकाबीच आºना कार्यक्रम दिएर आºनो प्रभाव छोडेको छ । त्यसैगरी रोल्पामा जलजला परिवार, रुकुममा सिस्ने परिवार, सल्यानमा बलिदान परिवार र दाङमा रक्तविज परिवार एवम् प्यूठानमा झिम्रुक परिवारले समाजको यथार्थ चित्रण गर्दै जनताको मन जित्न सफल भएका छन् । यी सांस्कृतिक परिवारले आधारक्षेत्रमा सयौं प्रतिभाहरू जन्माएका छन् । जसले गीत सङ्गीतको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याउन सफल भएका छन् । यसरी गीत र सङ्गीतको क्षेत्रमा अग्रपंक्तिमा आएका स्रष्टाहरूमा रोल्पाबाट मोहित श्रेष्ठ, कुलमान बुढा, सीता आचार्य, कुस्मा महरा (प्रगति), कुलप्रसाद केसी (सोनाम), झङ्कार (कासीराम बुढा), रहेका छन् । यस्तै रोल्पाकै लोकबहादुर ओली (विनोद), रञ्जीत बुढा, महेश, उभार, डम्बर बुढा, किसोर, क्लब, हुरीलगाएत यस क्षेत्रमा निरन्तर खटिरहेका छन् । रुकुमका पुनित मगर, सूर्यकुमारी वि.क., लेकाली खड्का, प्रज्ज्वल खड्का, विमर्श (हाल जनमुक्ति सेना) ले पनि यस क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल कलाकार हुन् । यसैगरी सल्यानबाट मोहलाल चन्द, भीम कुमाखी, डिल्ली मल्ल (विवश यात्री) छन् भने दाङका धु्रव, प्रतिभा तथा प्यूठानका रत्न थापा (कान्छा दाई) सफल स्रष्टाका रूपमा परिचित छन् । दाङकै कमल पि.एम. (पवन) पनि गीत–सङ्गीतमा योगदान पु¥याएका स्रष्टा हुन् । तर उनलाई उपचारका क्रममा भारत गएका बेला भारतीय प्रहरीद्वारा गिरºतार गरी नेपालगञ्ज सुपुर्दगी पश्चात् शाही सेनाद्वारा हत्या गरियो ।
गीत–सङ्गीतको क्षेत्र नै यो आधारइलाकामा सबैभन्दा बढी फस्टाएको विधा हो । प्रतिरोध परिवारको टिममा सह–कमाण्डरको भूमिका खेली रहेकी दिपा (दिलमाया रोका) वाग्लुङ पनि यस विधाकी एक चर्चित स्रष्टा हुन् । गीत सङ्गीतको साथै अभिनयकला पनि उनको मुख्य विशेषता रहेको छ । त्यसैगरी बाग्लुङकै अर्का स्रष्टा हुन् विद्रोही । उनी अहिले गीत–सङ्गीतमा अग्रणी भूमिका खेलेका छन् ।
३. कथा लेखनतर्फ ः
कविता, गीत र सङ्गीत क्षेत्रमा जे जति प्रगति भएको छ त्यसको तुलनामा कथाकारहरू असाध्य कम अझ नगण्य मात्रामा देखा परेका छन् । विशेष गरी कथा क्षेत्रमा प्रवेश गरी प्रभाव दिन सफल रहेका स्रष्टाहरूमा सौगात आचार्य– दाङ, कमला रोका, जीतमान पुन (मार्शल), कुशुम शाही (ओमप्रकाश शाही)–रुकुम, क्षितिज मगर –रोल्पा, रहेका छन् भने सल्यानका झक्कुप्रसाद पुन (निर्मम) सहिद भइसकेका छन् । उनीद्वारा रचित कथा सङ्ग्रह ‘अभ्यस्त सिपाही’ प्रकाशित भएको छ । त्यस्तै सौगात आचार्यको कथा सङ्ग्रह प्रकाशनको तयारीमा छ ।
४. नाटक÷एकाङ्कीतर्फ ः
नाटक÷एकाङ्की प्रगतिवादी आन्दोलनमा निकै खट्केको विधा हो । यो विधामा कलम चलाउनेको सङ्ख्या केही कममात्रमा देखिन्छ । यो दश वर्षको आ“धी र तूफानका बीचबाट एकदुई वटा फाट्टफुट्ट मात्रामा एकाङ्की लेख्ने कार्य भएका छन् । विशेषतः यस विद्यामा कलम चलाउने गरेका स्रष्टाहरूमा कुमार मल्ल र नरबहादुर महरा– रोल्पा तथा जनार्दन शर्मा– रुकुम रहेका छन् । यी नामहरू बाहेकका अरू नामहरू यो विधामा खासै देखा परेका छैनन् । जनयुद्धले मानवीय समवेदना, आवेग, आक्रोस र पीडाका अनुभूतिहरू तथा खुसी, हाँसोका भावहरूको तीव्रतम अनुभूतिहरू गराएको छ । विजयका गौरवपूर्ण गाथाहरू र पराजयका तीता घटानाहरूले पार्टी नेतृŒवदेखि तल्लातहका कार्यकर्तासम्म र जनतालाई समेत अत्यन्तै भावोत्तेजक, विचारोत्तेजक बनाउने मात्र नभई सुन्दर भविश्यको सुन्दर सपना देख्ने बनाएको छ । युद्धका यिनै भावहरूलाई यस क्षेत्रका सांस्कृतिक कलाकर्मीहरूले नाटक, गीति–नाटकहरू, अपेराहरू लेख्ने र हजारौं जनताका बीचमा मञ्चन गर्ने कार्य गर्दै आएका छन् । तर, यतिले मात्र पुग्दैन भन्ने कुरामा सबैले महसुस गरेको अवस्था छ ।
यो एक दशकभित्र सबैभन्दा बढी स्थापित भएको विधा संस्मरण हो । संस्मरण लेख्नेहरूको सङ्ख्या त सयौं भन्दा पनि बढी नै स्रष्टाहरू पाउन सकिन्छ । युद्ध यति निर्मम हुन्छ कि एक÷दुई मिनेट अगाडि सँगसँगै कुरा गरिरहेको, हाँसिरहेको, सुन्दर सपनाको कल्पनामा योजना कोरिरहेको साथी संगातीलाई तुरुन्तै सदाका निम्ति गुमाउनु पर्ने हुन्छ र भएका पनि छन् । त्यो बेला भावना यसरी पोखिन्छ कि जसबाट बाढी नै आउन पुग्छ । तर फेरि भावनालाई विचारले कमाण्ड गरेर पाइला अगाडिको गन्तव्यतर्फ डो¥याउनु पर्ने हुन्छ, तिनै सहिदहरूको बा“की सपना पूरा गर्न ।
आधार क्षेत्रमा साहित्य–सङ्गीततर्फ कलम निरन्तर रूपमा चलाउने सबै विधागत स्रष्टाहरूले वर्तमान समाजको यथार्थतालाई चित्रण गर्नुका साथै वर्गसङ्घर्षलाई मुख्य आधारभूमि बनाएका छन् । यसक्रममा माथि उल्लेखित नामहरूमा पनि आºनो कलमलाई अझ तिखार्दै, मा¤दै र कलात्मक बिम्ब प्रस्तुत गर्दै अगाडि बढ्ने जमर्काे गरेका स्रष्टाहरू अलि कम नै देखापरेका छन् । जसमा कथा लेखनका क्षेत्रमा सौगात आचार्य, निर्मम (झक्कुप्रसाद पुन)– शहादत प्राप्त गरिसकेको, जीतमान पुन (मार्शल) अग्रपङ्क्तिमा देखापरेका छन् । त्यसैगरी कविता लेखनतर्फ उषा मगर, अजयदिप शर्मा, तिलक मल्ल, पुरन शर्मा, पुरन क्षेत्री, हिरालाल के.सी, निर्मल महरा (एटम), भीम कुमाखीहरू नै अग्रस्थानमा देखिएका छन् । अन्य स्रष्टाहरूले निरन्तर कलम चलाएका छन् तापनि कलात्मक पक्षमा केही मन्दता नै देखिन्छ । उनीहरूले अझै मेहनत गर्न जरुरी छ । सबैभन्दा बढी विकास भएको क्षेत्र भनेको गीत–सङ्गीत हो । यस विधामा अग्रपंक्तिमा देखापरेका स्रष्टाहरू हुन् सीता आचार्य, कुलमान बुढा, मोहित श्रेष्ठ, मोहलाल चन्द, भिम खुमाखी, विद्रोही, लोकबहादुर ओली (विनोद), कासीराम बुढा (झङ्कार) लेकाली खड्का, सूर्य, दिलमाया पुन, कुश्मा महरा र प्रज्ज्वल खड्का ।
नाटक, एकाङ्की तथा उपन्यास जस्ता कृतिहरू प्रकाशित नभएता पनि नाटक र एकाङ्की लेखनमा कलम चलाइरहेका स्रष्टामा कुमार मल्ल र नरबहादुर महरा नै अग्रस्थानमा देखिएका छन् । उपन्यास लेख्ने कार्य गर्दागर्दै सल्यानका सूर्यविक्रम राणालाई ‘किलो सेरा टु अप्रेशन’ ले चपायो र उहा“को उपन्यास प्रकाशित हुन पाएन । अहिले यस विधामा कलम चलाउने स्रष्टा यो आधार भूमिमा खासै देखापरेका छैनन् । वास्तवमा यतिबेलाको आवश्यकता उपन्यास लेखनको हो । जनयुद्धले आवेग–संवेग, हाँसो–रोदन भनौं अथवा समाजका हजारौं यथार्थतालाई उजागर गरिदिएको छ । जो समाजका उत्पीडित वर्ग, जाति, क्षेत्र, लि¨ र समुदायका निम्ति मुक्तिमार्ग हुन सक्छन् । जसले जीवनको यथार्थताको मुल्यबोध गराउ“छ ।
जनयुद्ध सिर्जित साहित्यलाई बन्दुके संस्कृति, नारावादी, राजनीतिक शब्दले लादिएका आदिजस्ता आरोप पनि लाग्ने गरेका छन् । अझ एकथरी त साहित्य विशुद्ध हुनुपर्छ, राजनैतिक प्रभाव पर्नु हु“दैन भन्नेहरू पनि छन् । यसरी साहित्य र राजनीतिलाई अलग गरेर हेर्ने परिशुद्धतावादी दृष्टिकोण पनि छ । यो पश्चगामी दृष्टिकोण हो । यी दुवै दृष्टिकोणका विरुद्ध जनयुद्ध सिर्जित साहित्य खरो उत्रिएका छन् । वास्तवमा वर्गीय समाजमा सबै कुरा वर्गीय नै हुने हुँदा माक्र्सवादी साहित्यले वर्गीय पक्षधरतालाई खुलेआम स्वीकार्दछ र सोहीअनुसार समाजको यथार्थतालाई चित्रण गर्दछ । अनि त्यसले निकासको अर्थात समाज रूपान्तरणको स्पष्ट मार्गदर्शन पनि गर्दछ ।
साहित्यमा राजनैतिक सु–स्पष्टता त हुनै पर्छ । यसका साथै कलात्मक हुनु यसको अनिवार्य पक्ष हो । रचनामा भाषा, शैली, शिल्प, अभिव्यञ्जना, रूपक, प्रतिक, लय आदि मिल्नु पर्छ । रचनामा शिल्पागत पक्षले महत्वपूर्ण स्थान लिन्छ । आख्यानात्मक रचनामा भाषा शैली सरल, बोधगम्य र वाक्य संरचना छोटा–छरिता हुनु जरुरी हुन्छ । जनयुद्ध सिर्जित स्रष्टाहरूमा शिल्पगत पक्ष केही कमी देखिएता पनि विचार, भावना, आवेग, सम्वेगका पक्ष धेरै उच्च रहेका छन् ।
साहित्य सिर्जना गर्नु त्यती सहज र सरल कुरा होइन । यसमा निरन्तर साधनाको जरुरी हुन्छ । जुनकुनै मान्छेमा पनि साहित्यले प्रभाव त पारेकै हुन्छ । मनमा उद्देलित भावनाहरूलाई बिम्बात्मक शब्दद्वारा एउटा मालामा गाँस्नु र लयात्मक, ज्ञयात्मक बनाएर पस्कनु साहित्य हो । साहित्य रसयुक्त हुन्छ । कुनै पनि साहित्य पढ्दा पाठकले आफूलाई त्यसैभित्र उभिएको एक पात्रको रूपमा पाउन सक्यो भने त्यो साहित्य नै उत्कृष्ट साहित्य हुन जान्छ । त्यसैले अग्रजहरूले भन्ने गरेका छन् कि हाम्रो साहित्य र कलाले जनताको मन जित्न सकोस् । जनताको मन जित्ने बनाउनका निम्ति समाजको यथार्थ चित्रण गर्नुपर्छ । र, त्यो यथार्थ द्वन्द्वात्मक भौतिकवादी हुनुपर्छ । आदर्शवादी यथार्थवादलाई साहित्यमा उतार्नु त्यो फोस्रो आडम्वर र केवल सस्तो मनोरञ्जनका लागि मात्र हुन्छ । यस क्षेत्रमा उदाएका नयाँ र युद्धकै अग्रमोर्चामा रहेका स्रष्टाहरूले पहिलो यथार्थलाई पक्डेका छन् ।
३० साउन २०६२
(जनयुद्धकालको भावभूमिमा लेखिएको सङ्क्षिप्त समीक्षा सान्दर्भिक लागेर पोष्ट गरिएको छ–सं.)