सातवटै प्रदेशमा बृहत् जनसभासहित क्रान्तिकारी माओवादीले जनआन्दोलन दिवस भव्य रुपमा मनाउने, काठमाडौंमा केन्द्रीय जनसभा गरिने

सातवटै प्रदेशमा बृहत् जनसभासहित क्रान्तिकारी माओवादीले जनआन्दोलन दिवस भव्य रुपमा मनाउने, काठमाडौंमा केन्द्रीय जनसभा गरिने


काठमाडौं । पार्टीकाे पछिल्लाे स्थायी समितिकाे बैठककाे निर्णय अनुसार चैत्र २४ गत्तेकाे जनआन्दाेलन दिवसकाे अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले देशका सातवटै प्रदेशमा बृहत् जनसभाकाे तयारी थालेकाे छ । राजनीतिक रुपमा धक्का दिने गरि भव्य रुपमा जनआन्दाेलन दिवस मनाउन क्रान्तिकारी माओवादीले पार्टी, देजमाे, जवस माेर्चाका सबै सांगठानिक संरचनाहरुलाई परिचालन गर्ने निर्यय गरेकाे छ ।
साेही अनुसार आवश्यक पुर्व तयारीका लागि ललितपुरकाे कुपोन्डोल स्थित पार्टी कार्यालयमा शनिबार पार्टीको ३ नं. प्रदेश समितिकाे बैठक सम्पन्न भएकाे छ । ३ नं. प्रदेशकाे जनशक्तिलाई केन्द्रित गरि काठमाडौंमा गरिने जनसभा केन्द्रीय जनसभा भएकाेले जनसभालाई भव्य रुपमा सम्पन्न गर्न उपत्यकाका तीन जिल्लामा अभियान नै चलाउने निर्णय गरेकाे छ । अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाका इन्चार्ज र सेक्रेटेरीलाई कमिसार र कमान्डर ताेकेकाे छ । अन्य जिल्लामा जनपरिचरालनका याेजना बनाइएकाे पार्टी प्रदेश सेक्रेटरी प्रवेशले जानकारी दिनुभयाे ।
त्यसैगरी अन्य प्रदेशमा पनि चैत्र २४ काे जनसभालाई लक्षित गरि जनपरिचालनका आवश्यक निर्णयहरु भएकाे र तयारी तीव्र रुपमा अगाडि बढाइएकाे सम्बद्ध स्राेतले जनाएकाे छ । 
जनसभा पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालकाे ब्यानरमा गरिने बताइएकाे छ ।