चिनियाँ कम्युनिष्ट पार्टीको विधानले पार्टीका प्रारम्भिक संगठनका प्रमुख कामहरुलाई निम्नानुसार परिभाषित गरेको छ ।
१. “पार्टी सदस्य तथा गैर पार्टी सदस्यलाई निष्ठापूर्वक माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारा अध्ययन गर्न र संशोधनवादको आलोचना गर्न नेतृत्व गर्ने”
पार्टी सदस्य तथा गैर पार्टी सदस्यलाई निष्ठापूर्वक माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारा अध्ययन गर्न र संशोधनवादको आलोचना गर्न नेतृत्व गर्ने कुराले पार्टीका प्रारम्भिक संगठनहरुले संशोधनवाद होईन माक्र्सवाद लागु गरिरहने कुराको ग्यारेण्टी गर्दछ । यसले प्रारम्भिक संगठनहरुको विकासका निमित्त राजनीतिक अभिमूखिकरणलाई निर्धारण गर्छ र यो उनीहरुको अत्यन्त आधारभूत जुझारु कार्यभार हो ।
पार्टीका प्रारम्भिक संगठनहरुले आफ्ना सबै कामका क्रममा यो कार्यभारलाई सबभन्दा अगाडि राख्नु पर्दछ र तीनले आफुलाई माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अध्ययन गर्ने, प्रचार गर्ने, रक्षा गर्ने र अभ्यास गर्ने लडाकु टुकडीका रुपमा विकास गर्न प्रयत्न गर्नु पर्दछ । तिनीहरुले पार्टी सदस्यहरु र क्रान्तिकारी जनसमुदायलाई अध्ययन गर्न, क्रान्तिका निमित्त अध्ययन गर्नु पर्दछ भन्ने विचारलाई दिमागमा स्थापित गर्न र मेहनत तथा निष्ठा सहित यसलाई बुझ्न र आत्मसात गर्न प्रयत्न गर्नु पर्दछ । तिनीहरुले सिद्धान्त र व्यवहारलाई मिलाउने क्रान्तिकारी कार्यशैलीलाई दृढतापूर्वक लागुगर्नु पर्दछ र सबै समस्याहरुलाई माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अडान, दृष्टिकोण र विधिबाट सुरु गरेर अध्ययन गर्नु पर्दछ र समाधान निकाल्नु पर्दछ । खास गरेर नेतृत्वदायी निकायहरुको लागि निष्ठापूर्वक, मेहनत साथ र अरुले भन्दा अझ राम्रो ढङ्गले अध्ययन गर्नु आवश्यक छ । तिनीहरुले जनसमुदायका सकारात्मक अनुभवहरुलाई केन्द्रीत गनु पर्दछ, प्रचार गर्नु पर्दछ र अध्ययनलाई निरन्तर गहि¥याउनु पर्दछ । तिनीहरुले क्रान्तिकारी कामका मूख्य खम्बाहरुलाई तालिम तथा शिक्षा दिनु पर्दछ, तिनीहरु जनतासंग घनिष्ठरुपले जोडिएका छन् या छैनन् हेनु पर्दछ र सबैलाई निरन्तर अध्ययनमा लगाईरहनु पर्दछ ।
संशोधनवादको आलोचना गर्न पार्टीका प्रारम्भिक संगठनहरुले पार्टी सदस्यहरु तथा क्रान्तिकारी जनसमुदायलाई परिचालन र नेतृत्व गर्नु पर्दछ । संशोधनवाद अन्तर्राष्ट्रिय पूंजीवादी वैचारिक धारा हो र यो अझै पनि मूख्य खतरा रहेको छ । त्यसकारण, पार्टी संगठनहरुले पूंजीवादी विश्व दृष्टिकोण र सबै शोषक वर्गको विचारधारा संशोधनवादको आलोचना गर्न निरन्तर र दृढतापूर्वक क्रान्तिकारी जनआन्दोलन चलाउनु पर्दछ । साथै, तिनीहरुले संस्कृतिका विभिन्न क्षेत्र लगायत उपरिसंरचनामा चल्ने वर्गसंघर्षमा गहिरो ध्यान दिनु पर्दछ । पार्टीको विकास गर्ने र पार्टीलाई बलियो बनाउने दीर्घकालिन कार्यभारका रुपमा तिनीहरुले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अध्ययन र संशोधनवादको आलोचना दुबै गर्नु पर्दछ ।
२. “पार्टी सदस्य तथा गैर पार्टी सदस्यलाई वैचारिक तथा राजनीतिक कार्यदिशा सम्बन्धि निरन्तर शिक्षा दिन र वर्ग दुश्मनका बिरुद्धको लडाईमा दृढतापूर्वक नेतृत्व प्रदान गर्न”
कम्युनिष्ट पार्टी भनेको सर्बहारा वर्गको क्रान्तिकारी पार्टी हो, यो बुर्जुवा तथा सबै शोषक वर्गका विरुद्ध वर्ग संघर्ष संचालन गर्ने सर्बहारा वर्गको साधन हो । पार्टीका प्रारम्भिक संगठनहरु वर्ग दुश्मनका विरुद्धको संघर्षमा पार्टी सदस्य र क्रान्तिकारी जनसमुदायको नेतृत्व गर्ने अगुवा टुकडी हो । त्यसकारण, तिनीहरुले वर्ग संघर्ष तथा दुई–लाईन संघर्षका नया विशेषताहरुको निरन्तर विश्लेषण र अध्ययन गर्नु पर्दछ, वर्ग संघर्ष तथा दुई–लाईन संघर्षको महत्वलाई निष्ठापूर्वक ग्रहण गर्नुृ पर्दछ र वर्ग संघर्ष तथा दुई–लाईन संघर्षलाई सक्रियतापूर्वक संचालन गर्न जनसमुदायमा भर पर्नु पर्दछ र तीनलाई परिचालन गर्नु पर्दछ । खास ठाउंहरुमा पार्टी संगठनहरु दैनिक काममा अलमलिन्छन् र मूख्य विषयमा ध्यान पु¥याउंदैनन्, यो निकै खतरापूर्ण छ । यदि यस्ता संगठनहरुले आफुलाई सच्याएनन् भने तिनीहरुले अनिवार्यतः संशोधनवादी बाटो तिर पाईला चाल्न पुग्ने छन् ।
वर्ग संघर्ष संचालनका सन्दर्भमा जनतालाई उच्च स्तरको पहल प्रदर्शनकालागि योग्य बनाउन पार्टी संगठनहरुले अध्यक्ष माओको वर्ग संघर्षको सिद्धान्त, सर्बहारा वर्गको अधिनायकत्व र समाजवादको ऐतिहासिक काल भरीको लागि पार्टीको आधारभूत कार्यदिशाको निष्ठापूर्वक अध्ययन गर्न, समाजवादी समाजमा वर्गसंघर्षका विशेषता तथा नियमहरुको गहिरो अध्ययन गर्न, लिउ शाओ ची, लिन पियाओ र त्यस्तै अन्य ठगहरुले प्रचार गरेको “वर्ग संघर्षको ह्रासको सिद्धान्त” गहिरो गरी आलोचना गर्न पार्टी सदस्यहरु र आम क्रान्तिकारी जनसमुदायको नेतृत्व गर्नु पर्दछ । सघर्ष संचालन गर्दा तिनीहरुले जनसमुदायलाई आफ्नो स्वतन्त्र भूमिका सहित कार्वाहीमा परिचालन गर्नु पर्दछ, संभव भए सम्म अध्ययन अनुसन्धान गर्नु पर्दछ, दुई भिन्न प्रकारका अन्तरविरोधलाई छुट्याउन सक्नु पर्दछ, हाम्रो आफ्नै र जनताका बीचको संघर्ष संबन्धी पार्टीका नीतिलाई ठीक तरिकाले लागु गर्नु पर्दछ र मूठ्ठीभर दुश्मनमाथि छानेर र माया नमानेर कडा आक्रमण गर्नु पर्दछ ।
वैचारिकरुपले मजबुत बनाउन पार्टीलाई वैचारिक तथा राजनीतिक तालिम दिन अति आवश्यक छ । वर्गसंघर्ष र दुई–लाईन संघर्ष दीर्घकालिन प्रकृतीका हुने हुनाले हामीले यो शिक्षा लामो समयसम्म चलाई राख्नुु पर्दछ । पार्टी संगठनहरुले पार्टी सदस्यहरु र क्रान्तिकारी जनसमुदायलाई अध्यक्ष माओले दिनुभएको शिक्षाका आधारमा वैचारिक तथा राजनीतिक तालिम दिनु पर्दछ । माक्र्सवादी–लेनिनवादी शास्त्रीय रचनाहरु तथा अध्यक्ष माओका लेखलाई पार्टी कोर्सका आधारभूत सागाग्रीका रुपमा लिएर र अध्ययन समूह स्थापना गरेर पार्टी संगठनहरुले जीवंत र प्रभावकारी शिक्षा दिनु पर्दछ र क्रान्तिकारी जनसमुदायको दुई–लाईनका बीचको संघर्षसंग संबन्धित चेतनालाई निरन्तर माथि उठाउन र नक्कली माक्र्सवादबाट सच्चा माक्र्सवादलाई अलग गर्ने क्षमताको बृद्धि गर्नका निम्ति अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाका पक्षमा उभिनु पर्दछ र यस्ता विधीलाई कारखाना, छिमेक, परिवार, कम्पनी आदिको ईतिहाससंग जोडेर सचेत ढङ्गले प्रयोग गर्नु पर्दछ ।
३. “पार्टीका नीतिहरुलाई प्रचार गर्न र तीनलाई सम्पन्न गर्न यसका निर्णयहरुलाई लागु गर र राज्य तथा पार्टीले खटाएका हरेक कामलाई पुरा गर ।”
हाम्रो पार्टीका सबै नीतिहरुले सर्बहारा वर्ग तथा संपूर्ण श्रमजीवि जनताका आधारभूत हितहरुको घनिभूत प्रतिनिधित्व गर्छन् । तिनले अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशालाई समेटछन् र ती जनतालाई एकतावद्ध गर्ने र दुश्मनलाई पराजित गर्ने शक्तिशाली वैचारिक हतियार हुन । अध्यक्ष माओले भन्नु भएको छ, “नीति र कार्यनीतिहरु पार्टीका जीवन हुन् ।” पार्टीका प्रारम्भिक संगठनहरुले कस्तो नीति लागु गरिरहेका छन् भन्ने कुरा पत्ता लगाउने काम कम महत्वपूर्ण होईन बरु यो त कार्यदिशा संग जोडिएको एउटा प्रमूख विषय हो । अध्यक्ष माओका सबै सर्बहारावादी नीतिलाई निष्ठापूर्वक लागु गरेर मात्र तिनीहरुले पार्टी तथा राज्यले खटाएका कामलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छन् । पार्टीका प्रारम्भिक संगठनहरुले पार्टीका राजनीतिक सिद्धान्तलाई निरन्तर प्रचार गर्नु पर्दछ ता कि जनताले ती सिद्धान्तलाई छिटै बुझ्न, आत्मसात गर्न र पार्टीका नीतिलाई सचेत काममा बदल्न सकुन । पार्टीका नीतिलाई लागुगर्दा प्रारम्भिक संगठनहरुले एकातिर पार्टीको आधारभूत कार्यदिशा र अर्कोतिर आम राजनीतिक सिद्धान्तका साथै विभिन्न विशिष्ट नीतिहरुको बीचमा ठीक सम्बन्ध कायम होस भन्ने कुरामा ख्याल गर्नु पर्दछ । दुई भिन्न प्रकारका अन्तरविरोधका बीचमा फरक छुट्याउन र तीनको परिचालन गर्नकालागि पार्टीको आधारभूत कार्यदिशाले आम सिद्धान्त र मूर्त नीतिहरुको परिभाषा गरेको हुन्छ । यसरी विभिन्न विशिष्ट नीतिहरुको स्पिरिटलाई ठीक ढङ्गले बुझ्नकालागि हामीले पार्टीको आधारभूत कार्यदिशालाई संधै दिमागमा राख्नु पर्दछ । यसरी मात्र हामी यी नीतिलाई लागु गर्दा दुरद्रष्टा बन्न सक्छौं, जनताका तत्कालका हितलाई तीनका दीर्घकालिन हितसंग अर्थात अंशको स्वार्थलाई पूर्णको स्वार्थसंग जोड्न सक्छौं, जनता र हाम्रो अन्तरविरोधबाट जनताका बीचको अन्तरविरोधलाई पृथक गर्ने रेखालाई स्पष्टसंग देख्न सक्छौं र सबै कुरामा पार्टीको नीति अनुसार काम गर्न सक्छौं । वर्गसंघर्ष तथा दुई–लाईन संघर्षको क्षेत्र लगायत पार्टीका नीतिहरुलाई अगाडि बढाउन उच्च सतर्क रहनु पर्दछ, सिद्धान्तलाई पक्डिनु पर्दछ, वर्ग दुश्मनका ध्वंशात्मक गतिविधीहरुलाई भण्डाफोर गर्नु पर्दछ र त्यसलाई ध्वस्त पार्नु पर्दछ । हामीले दक्षिण तथा “बाम” अवरोधहरुलाई निर्मूल पार्नु पर्दछ र पार्टीका नीतिविरुद्ध जाने सबै विचार र कामसंग दृढतापूर्वक लड्नु पर्दछ । पार्टीका प्रारम्भिक संगठनहरुले पार्टीका निर्णयहरुलाई दृढतापूर्वक लागुगर्नु पर्दछ । तिनीहरुले पार्टी सदस्यहरु र क्रान्तिकारी जनतालाई संगठित गर्नु पर्दछ ता कि पार्टीले तयार पारेका विभिन्न काम पुरा गर्न तिनीहरुले कडा परिश्रम गरुन् र ती कामको सफलताको ग्यारेण्टी होस् ।
४. “जनतासंग घनिष्ट सम्बन्ध कायम राख्नका लागि तीनका विचार तथा मागहरुलाई सुन्न र पार्टी जीवनलाई गतिशील राख्नका निमित्त सक्रिय वैचारिक संघर्ष संचालन गर ।”
पार्टीका प्रारम्भिक संगठनहरुले जनसमुदायसंग सबैभन्न्दा घनिष्ट संबन्ध कायम गर्नु पर्दछ । तिनीहरुले एउटै हावाको सास फेर्नु पर्दछ, एउटै हिस्सा बाड्नु पर्दछ, तिनीहरुका बीचमा पानीमा माछा जस्तै र छालामा रगत जस्तै हुनु पर्दछ र तिनीहरुका बीचमा गहिरो जरा गाडनु पर्दछ । तिनीहरुले तीनका विचारलाई र तीनका आकांक्षलाई निरन्तर सुनिराख्नु पर्दछ र कुनै समस्या आउना साथ तिनीहरु संग छलफल गर्नु पर्दछ । समस्यासंग हामी जति धेरै परिचित हुन्छौं, समस्याले जति छिटो समाधान खोज्छ, त्यति नै धेरै हामीले जनताका विचारहरुलाई सुन्नु पर्दछ । जिम्मेवारी जति गह्रौं छ, काम जति धेरै छ त्यति नै धेरै हामीले जनताका विचारहरुलाई ध्यान दिनु पर्दछ । हामीले जति जितहरु जित्छौं र जति हामीले जनताको विश्वास जित्दै जान्छौं, झन धेरै हामीले जनताबाट सुन्नु पर्दछ ।
अध्यक्ष माओको शिक्षा अनुसार, “कम्युनिष्ट पार्टीको दर्शन भनेको संघर्षको दर्शन हो ।” पार्टीका प्रारम्भिक संगठनहरुले पार्टी भित्र सक्रिय वैचारिक संघर्ष संचालन गर्नु पर्दछ । तिनीहरुले पार्टीको संगठनात्मक र जनवादी जीवनलाई सुद्धिकरण गर्नु पर्दछ, राम्रो संग आलोचना र आत्मालोचना गर्नु पर्दछ । तिनीहरुले पार्टी सदस्य र क्रान्तिकारी जनसमुदायलाई परिचालन गर्नु पर्दछ र गलत प्रवृत्ति र गैर सर्बहारा विचारका विरुद्ध तिनीहरुले चलाएका संघर्षमा साथ दिनु पर्दछ । पार्टीका प्रारम्भिक संगठनका कार्यकर्ताहरुले, आफ्नै पहलमा, जनताको निगरानीमा आउनु पर्दछ र तिनीहरुको विनम्रतापूर्वक आलोचना सुन्नु पर्दछ, तिनहिरुमा कमजोरी छ भने, गल्ति गरेका छन भने तिनीहरुले त्यसलाई स्वीकार्नु पर्दछ र सच्याउनु पर्दछ । तिनीहरुले आफ्नै विरुद्ध लडनु पर्दछ, जनताको सामुन्ने संशोधनवादको खण्डन गर्नु पर्दछ र लिउ शाओ ची र लिन पियाओले जस्तो “चार भित्ताभित्र आफैलाई कैद गर” र “तिनीहरुको भित्री सत्तामा क्रान्ति गर” भन्ने होईन ।
५. “नयां पार्टी सदस्यहरुलाई भिœयाउन पार्टी अनुशासन लागु गर, पार्टी संगठनलाई निरन्तर सुदृढ गर र पार्टी पंक्तिको सुद्धतालाई कायम राख्न बासीलाई मिल्काएर र ताजालाई भिœयाउ”
नयांलाई भिœयाउन बासीलाई मिल्काउने भन्ने भनाईका दुई पक्ष छन्ः एउटा वैचारिक र अर्को सांगठनिक । नयांलाई भिœयाउने र बासीलाई मिल्काउने भन्ने भनाईमा विचार पहिला आउंछ तर संगठनात्मक पक्ष पनि निकै महत्वपूर्ण छ । पार्टी पंक्तिलाई विस्तार गर्नका निमित्त र तिनीहरुको उन्नत चरीत्र र शुद्धतालाई कायम राख्न यो महत्वपूर्ण ग्यारेण्टी हो । अन्तर–पार्टी संघर्षको द्वन्द्ववादमा निर्भर रहेर हामीले वैचारिक तथा सांगठनिक क्षेत्रमा देखा पर्ने बासी तत्वलाई हटाईरहनु पर्दछ र नयांलाई भिœयाईरहनु पर्दछ । तीन महान क्रान्तिकारी आन्दोलनको अभ्यासबाट अगाडि आएका उन्नत तत्वहरुलाई पार्टीमा समाबेश गर्नु पर्दछ र प्रमाणित गद्दारहरु, दुश्मनका एजेण्टहरु, सत्तामा रहेर पुंजीवादी बाटो पक्डेका, त्यसमा पटक्कै पश्चाताप नगर्ने व्यक्तिहरु, पतित र भिन्न वर्गीय तत्वहरुलाई मिल्काउनु पर्दछ । दुश्मन र हाम्रा बीचमा हुने जस्तै अन्तरविरोधहरु प्रदर्शन गर्ने सबै व्यक्तिलाई पार्टीबाट हटाउनु पर्दछ र अन्तरविरोधको प्रकृति दुश्मन र हाम्रा बीचको जस्तै हुने तर त्यसलाई जनताका बीचको अन्तरविरोधको रुपमा देखाउन खोज्ने व्यक्तिलाई पनि पार्टीबाट हटाउनु पर्दछ । प्रारम्भिक संगठनहरुले पार्टी बिधानमा तोके जस्तै आवधिक रुपमा चुनावहरु गर्नु पर्दछ, बृद्ध, प्रौढ र युवा रहने गरी एकमा तीनको संयोजनको सिद्धान्तलाई मान्नु पर्दछ र नयां शक्तिलाई समावेश गर्नु पर्दछ । तिनीहरुले उत्तराधिकारीका लागि आवश्यक पांच शर्तमाथि ध्यान दिंदै, हाम्रो पार्टीको उद्देश्यलाई सुनिश्चित गर्न पार्टी संगठनको प्रत्येक नेतृत्वदायी तहमा कम्युनिष्ट पार्टीका सर्बोत्तम सदस्यहरुलाई छान्न जोडदिनु पर्दछ ।
पार्टीको बिकासगर्न र त्यसलाई बलियो पार्न हामीले पार्टी सदस्यहरुको पार्टी अनुशासन मान्ने ईच्छालाई उचो राख्नु पर्दछ । संपूर्ण पार्टीलाई एकीकृत अनुशासनको अधिनमा राख्ने कुराले पार्टीको केन्द्रीकृत एकतालाई रक्षागर्ने र अध्यक्ष माओको सर्बहारावादी क्रान्तिकारी कार्यदिशालाई लागुगर्ने कुराको ग्यारेण्टी गर्दछ, क्रान्तिमा पूर्ण विजय प्राप्त गर्न र सर्बहारा अधिनायकत्वलाइ सुदृढ गर्नका लागि यो शर्त आवश्यक छ । त्यसकारण, पार्टीका प्रारम्भिक संगठनहरुले पार्टीलाई एकल एकीकृत अनुशासनको अधिनस्थ राख्ने कुराको महत्वलाई पूर्ण रुपमा स्वीकार्नु पर्दछ, तिनीहरुले अनुशासन संबन्धि अवधारणाद्वारा सदस्यहरुलाई शिक्षित गर्नु पर्दछ र यसलाई सचेत ढङ्गले लागुगर्नु पर्दछ । पार्टी अनुशासन उल्लंघन गर्ने पार्टी सदस्यहरु प्रति हामीहरुले पार्टी बिधान अनुसार उक्त उल्लंघनको प्रकृति र स्तर निर्धारण गर्नु पर्दछ, तिनको आलोचना गर्नु पर्दछ, गंभीरतापूर्वक तिनलाई सहयोग गर्नु पर्दछ र यदि आवश्यक प¥यो भने पार्टीको अनुशासनलाई गंभीरतापूर्वक लिईयोस भन्ने हिसाबले उपयुक्त कार्यबाही पनि गर्नु पर्दछ ।
छोटोमा, पार्टीका प्रारम्भिक संगठनहरुले बिधानमा निर्दिष्ट गरिएका यी पांच वटा कार्यभारहरुलाई एकएक गरी पुरा गर्न सक्रिय भएर काम गर्नु पर्दछ । यसरी मात्र तिनीहरु आफ्नो अगुवा लडाकु टुकडीको भूमिकालाई पूर्णरुपमा लागु गर्न सक्षम हुने छन् ।
(चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई (शांघाई १९७४) पुस्तकबाट