
फागुन २४ जाजरकोट ।
नेकपा(क्रान्तिकारी माओवादी )को भगेनी संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) जाजरकोटले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला स्वतन्त्रता दिवसका अवसरमा जाजरकोटको तल्लो थाप्ले बजारमा र्याली प्रदर्शन तथा कोण सभा सम्पन्न गर्याे । महिला पुरुषको सहभागिता रहेको उक्त र्यालिमा महिला अधिकार प्रत्यायोजनका नाराहरु लगाइएका छन् । कोण सभालाई सम्वोधन गर्ने क्रममा जाजरकोट जिल्लाका पार्टी सचिव राजनले देशको विकसित राजनीतिक घटनाक्रमका बारेमा सार सम्प्रेशन गरेका थिए । विश्वबाटै श्रमिक महिला उत्पीडन कम हुदै गएपनि नेपालमा भने घरेलु हिंसा, बलात्कार र हत्या बढ्दो स्थितिमा रहेको कुरा पनि उनले उल्लेख गरे । यतिमात्र नभइ समावेशीको नाममा मुट्ठी भर पँुजिपति महिला मात्र पहुँचमा पुगेको र आम सर्वहारा श्रमजीवी महिला झन झन उत्पिडनमा पर्दै गएको कुरा वताउँदै फेरि सशस्त्र महिला विद्रोह आजको प्रमुख आवश्यक्ता रहेको कुरा उल्लेख गरे । सभालाई सम्वोधन गर्दै प्राध्यापक संघ(क्रान्तिकारी ) का संयोजक पुर्ण बहादुर सुनारले कविताद्वारा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को झगडा साथै अदालतको निर्णयबाटै निकम्मा बनेको वलि, प्रचण्डको पार्टी र सरकारबारे प्रश्ट्याए ।































