देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेस समितिले प्रेस विज्ञप्ती जारि गर्दै वादी समुदायको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेस समितिले प्रेस विज्ञप्ती जारि गर्दै वादी समुदायको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर

फागुन १६ सुर्खेत ।
फागुन १० गतेदेखि मुख्यमन्त्रि कार्यालय अगाडी आन्दोलनरत वादी समुदायको आन्दोलनलाई क्रान्तिकारी माओवादी सर्मथक देजमो नेपालले ऐक्यवद्धता जनाएको छ ।
भुमिहिन वादी समुदायको आन्दोलनलाई समर्थन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेस समितिले प्रेस विज्ञप्ती जारि गर्दै ऐक्यबद्धता जाहेर गरेको हो । मान्छे जन्मने वित्तिकै जातभात,लालपुर्जा ल्याएर आउदैन सवै सवै विश्वभरिका जनताले काम गरिखाने अधिकार प्राकृतिक न्याएको सिद्धान्तले दिन्छ क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य दिपक शाहीले भने,‘वादी समुदायले पनि गरि खान पाउनु पर्ने र त्यस्को राज्यले तुरुन्त व्यवस्था गर्नुपर्छ ।
‘अहिले सरकारमा बसेका मन्त्रिहरु नै बालुवाटारको जग्गा कब्जा गर्न उद्धत छन्,‘तर खान नपाउने पिछडिएका वर्ग वादी समुदायका जनतालाई काम गरेर खाने एउटा जग्गासम्म उपलब्ध गराउन नसक्ने अहिलेको सरकार निकम्मा र दलालहरुको सरकार भएको पुष्टि भएको छ ।,
केन्द्रिय सदस्य शाहीले भने,‘आन्दोलनमा आफुहरुको पुर्ण एक्यबद्धता रहेको छ ,‘हामी यो आन्दोलनका निम्ति सम्पुर्ण रुपले सम्पुर्ण राजतीतिक दल र उत्पिडीत वर्ग समुदायका जनतालाई समर्थन गर्न आह्वान गर्दछौँ ।
यो आन्दोलन वादी समुदायको मात्र नभएर सम्पुर्ण उत्पिडीत जनसमुदायको भएको शाहीले बताए । भने,‘यदि राज्यले शान्तीपुर्ण रुपमा मागहरु सम्बोधन गरेन भने जनताले प्रतिरोध गर्ने र जनताका अगाडि सरकार घुँडा टेक्न बाध्य हुने छ ।,
उक्त कुरा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेस समितिले जारी गरेको निम्न प्रेस विज्ञप्तीमा उल्लेख छ ।