१५ फाल्गुन काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) समर्थित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको आयोजनामा श्रमिक पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । निरन्तर क्रान्तिकारी आन्दोलनमा क्रियाशिल २ दर्जन भन्दा बढि युवा मजदुरहरु मजदुर नेता युवराज थापाको नेतृत्वमा पुनर्मिलनको प्रक्रियामा सहभागी भएका हुन ।


पुनर्मिलन कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य गौरव, अतिथि एवं पिबिएम . सागर र महासंघका महासचिव वसन्त बोगटीले मन्तव्य राख्नु भएको थियो ।


महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी पिबिएम एवं ३ नं प्रदेश सेक्रेटरी प्रवेश, पिबिएम प्रभाकिरण, सिसिएम शारदा, सिसिएम सोमानको समेत आतिथ्य रहेको थियो ।
महासंघका नेता दिनेश बर्र्तौलाले सञ्चालन गरेको कार्यक्रमलाई मजदुर नेता बालकृष्ण सिटौलाले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर