लड्डु खानेहरु

लड्डु खानेहरु

देश खाइरहेछन
देश चपाईरहेछन
भ्रमको बीउ छरेर
सत्ता खाईरहेछन
भ्रम निलिरहेछन
भ्रम लाईरहेछन
भ्रम माथि भर्म छर्दै
दुनिया भर्मित पारिरहेछन
भ्रमको सितनसङ्ग चुस्कि लगाईरहेछन
फरक–फरक जातका
फरक–फरक स्वभाबका
फरक–फरक मान्छेहरु
एउटै सिटमा बसेर
एउटै भजन गाईरहेछन
एउटै जुलुसमा नारा लगाईरहेछन
एक अर्कामा
लड्डु र केक खुवाउदै
पर्तिगमनको बिरुद्दमा
यथास्थितिको राग अलाप्दै
हिडिरहेछन सिङ्हदरबार तिर
धाईरहेछन बालुवाटारतिर
खाईरहेछन
लड्डु
केक र
भ्रमहरू ।