
१४ फाल्गुन काठमाण्डौ ।
मार्क्सबादी एकता अभियान नेपालले सहिद सप्ताहको सन्दर्भमा सहिद,जनयुद्ध र वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रियात्मक कार्यक्रममा नेकपा ( क्रन्तिकारी माओबादी)का महासचिव मोहन बैद्य किरणले सहिदहरुका सपना साकार पार्न संसदीय गणतंत्र असफल भैसकेको धारणा ब्यक्त गर्दै जनगणतंत्र स्थापनामा जोड दिनु भएको छ ।
महासचिव किरणले सहिदहरुको रगत खेर जान नदिईने भन्दै क्रान्तिलाई निरन्तरता दिनु पर्नेमा पनि जोड दिदै बैज्ञानिक समाजबाद स्थापना भए मात्र जनताका आधारभूत आवश्यकता पूरा हुनसक्ने धारणा राख्नु भयो । त्यस्का लागि सबै क्रान्तिकारी शक्तिहरु एकजुट भएर लाग्न पर्नेमा पनि उहाँले जोड दिनु भयो ।
कार्यक्रममा पूर्व सभामुख कृष्ण बहादुर महराले १२ बुँदे सम्झौता गर्दा देखि नै भएका षडयन्त्रहरुको चर्चा गर्दै सहिदहरुका सपना साकार पार्ने अभियानलाई धोका दिईएको स्पष्ट पार्नु भयो । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सहिदको खेती गर्न बन्द गरौं , देश र जनताको अनुहार फेर्न सबैले ईमान्दारिता देखाउनु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक आन्दीलनका अगुवा डा. सुन्दरमणि दीक्षितले संसदीय ब्यवस्थाबाट सहिदका सपना र जनताका चाहना पूरा हुनै नसक्ने ठोकुवा गर्नु भयो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता शम्भु थापाले नेताहरु ईमान्दार बन्न नसकेको चर्चा गर्दै सहिदहरुका सपनामा धोका भएको दाबी गर्नु गर्नु भयो । कार्यक्रममा बेपत्ता परिवारका प्रतिनिधिका रुपमा वरिष्ट अधिवक्ता एकराज भण्डारीले बेपत्ता नगरिकहरुको अवस्था तर्फ समेत कुनै चासो नदिईएको बारे रोष प्रकट गर्दै सहिदहरुको सपना साकार पार्न क्रान्तिकारी राजनीतिक शक्तिहरु एकजुट भएर सशक्त पहल नगरेसम्म स्थिति यस्तै रहिरहने ठोकुवा गर्नु भयो । कार्यक्रममा लेखक एबम् राजनीतिक बिश्लेषकहरु नरेन्द्र जंग पिटर, नीलकण्ठ तिवारीले पनि सहिदहरुका सपना पूरा गर्ने तर्फ ईमान्दारिता नदेखाईएको बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा सर्बहारा माओबादी कम्युनिष्ट पार्टीकी अध्यक्ष भावना बिद्रोहीले युद्धकालमा महिलाहरुले भोगेका यातनाबारे चर्चा गर्नु भयो भने युद्धकालका घाईते तथा अपांगतर्फबाट गंगा लामाले आफना भोगाइहरुको सविस्तार वर्णन गर्नु भएको थियो । कार्यक्रममा सहिद दिल बहादुर रम्तेलका परिवारका तर्फबाट पर्शुराम रम्तेलले बोल्नु भएको थियो । कार्यक्रमको अध्यक्षता माक्र्सवादी एकता अभियानका संयोजक रमेश शर्माले गर्नु भएको थियो । अध्यक्षको आसन गर्दै शर्माले अवधारणापत्र पढेर सुनाउनु भएको थियो । कार्यक्रको संचालन अभियानका प्रवक्ता निमकान्त पाण्डेले गर्नु भएको थियो ।






























