पश्चिम रुकुमको चौरजारी नगरपालिकामा नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद दिवस सप्ताहा, विरोध सभा र काटुन प्रदर्शन गर्दै सम्पन्न

पश्चिम रुकुमको चौरजारी नगरपालिकामा नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद दिवस सप्ताहा, विरोध सभा र काटुन प्रदर्शन गर्दै सम्पन्न


फागुन १४ रुकुम ।
फागुन १४ गते पश्चिम रुकुमको चौरजारी नगरपालिकाको वस पार्कमा नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद दिवस सप्ताहा, विरोध सभा र काटुन प्रदर्शन गर्दै सम्पन्न गरेको छ ।

उक्त सभामा वोल्दै प्रमुख वक्ता नेकपा (क्रान्तिकारी माओवादी)का के स तथा देजमो नेपालका कर्णालि प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले संघिय जनगणतन्त्रका लागि साहादत प्राप्त गर्नु हुने पहिलो सहिद दिल वहादुर रम्तेल लगाएत सम्पुर्ण सहिदहरु प्रति श्रदा सुमन अर्पण गर्दै, कम्युनिस्ट क्रान्तिकारीहरुको रणनीतिक मोर्चा वनेको छ र यसको ठोस लक्ष्य र उदेश्य छन र त्यो पा्रप्तिको दिशामा अघि वढे पछी प्रतिक्रियावादी दलाल, विस्तारवादी, संसोधनवादी र साम्राज्यवादी शक्तिहरुका आँखा तिलमिलाएका छन । क्रान्तिकारीहरुको एकता र धुर्विकरणलाई भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न खाले जाल झेल र षड्यन्त्रका तानाबाना वुन्दै गरेको आसंका छ । यो रणनीतिक मोर्चाको रक्षा गर्दै, अघि वढ्नु पर्ने र यो दलाल लोकतान्त्रिक संसदिय व्यवस्थाको आयु सकियो यसको विकल्पमा संघिय जनवादी व्यवस्था मात्र यसको विकल्प हुने जिकिर गर्दै सवै युवा, विद्यार्थी, शिक्षक, वुद्धिजिवी, सर्वहारा किसान मजदुरहरुलाई आन्दोलनमा सहभागि हुन आह्वान गर्नु भयो, र जनजाति माहा संघ क्रान्तिकारीका कर्णालि प्रदेश संयोजक रामवहादुर वुढा मगरले जनजातिहरुलाई राज्यले र विभिन्न साम्राज्यवादी, विस्तारवादीहरुको सुरक्षा दिनका लागि प्रयोग गर्दै आएका छन ।

उनीहरुको श्रमको कुनै मुल्य छैन । यसरी संसार भरिका पुँजिवादी भनिने कथित लोकतान्त्रिक व्यवस्थाका मालिकहरुले कमैया जस्तै उनीहरुलाई प्रयोग गरेका छन र राज्यले पनि उनीहरुको उचित मुल्यांकन गरेको छैन भन्नु भयो । कार्यक्रममा पार्टी जिल्ला नेता खड्कवहादुर विष्टको पनि उपस्थिति थियो । कार्यक्रम विद्यार्थी नेता दिपक खड्काले संचालन गर्नु भएको थियो ।