अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अहिले विभिन्न अवसरवादीहरुले माक्र्सवादको आवरणमा अनेकौ गैह् माक्र्सवादी राजनीतिक दलहरुका नाममा आफूलाई माक्र्सवादी भनेर जनतामा काफी भ्रम सृजना गरिरहेका छन् र नेपालमा पनि यस्ता दलहरुको कमि छैन, जसले आफूलाई कम्युनिस्ट भनेर पुँजीपति वर्गको हितमा काम गरिरहेका छन् । त्यसैकारण लेखको उद्येश्य कसैले आफूलाई माक्र्सवादी भन्दैमा माक्र्सवादी भइने होइन । मूल प्रश्न त माक्र्सवादी दर्शनका आधारभूत मान्यताहरूको मूल तत्व– द्वद्धात्मक र ऐतिहासिक भौतिकवादलाई सिद्धान्त र व्यवहारमा अपनाउने हो । जसरी माक्र्स र एङ्गेल्सका कृतिहरुको अध्ययन गर्दा वारम्वार माक्र्स र एङ्गेल्सले सधैभरी यसमा जोड दिएको पाइन्छ कि सबै दर्शन व्यवहारिक हुनु पर्दछ र वास्तविक संसारसित जोडिएको हुनु पर्दछ । यसलाई माक्र्सले उनको सुप्रशिद्ध भनाई “ दार्शनिकहरूले सधैभरी विभिन्न तरिकामा विश्वको व्याख्या गरेका छन्; मूल प्रश्न यसलाई कसरी बदल्ने हो ।” बाट स्पष्ट पार्ने काम गरेका छन् । यसबाट माक्र्सको यो अर्थ हो कि उनी आफूलाई अभौतिक र अप्राकृतिक चीजका लागि ध्यान गर्ने र कुनै पहाडमा वसिरहने आध्यात्मिक रिसि र मूनीजस्तै दार्शनिक बन्न चाहादैनथे । उनले जवसम्म यसलाई प्रयोगात्मक विश्वस“ग जोडिदैन तवसम्म सोचाई र गहन चिन्तनमा कुनै अर्थ छैन् भनेका छन् । माक्र्सको आधारभूत अनुसन्धानको केन्द्रविन्दु कसरी विश्व बदलिरहेको छ भन्ने बुझ्नका लागि कोशिस थियो र यसरी वास्तविक अभ्यासमा सहभागि हुनु र तत्कालीन विश्व र समाजलाई बदल्नु थियो । उनी यसरी यस्तो दर्शनको विकासमा इच्छा राख्दथे, जसलाई सामाजिक अभ्यासमा लागु गर्न सकियोस । यसका लागि माक्र्सले सबै दर्शनमा आधारभूत विभाजनलाई (आदर्शवाद र भौतिकवादबीचमा भएको विभाजनलाई) ध्यानमा राखेर स्पष्ट दृष्टिकोण तथा अडान लिएको पाइन्छ । यो विभाजनले केही आधारभूत प्रश्नहरू जस्तै आत्मा अथवा प्रकृति कुन प्राथमिक हो भन्नेवारे केन्द्रीत गर्दछ । तीनीहरू जसले आत्मालाई प्राथमिकतामा राख्छन् तिनीहरू आध्यात्मवादी क्याम्पमा पर्दछन्, जवकि तीनीहरू जसले प्रकृतिलाई प्राथमिकतामा राख्छन्, ती भौतिकवादी क्याम्पमा पर्दछन् । आध्यात्मवादी एक वा अर्को प्रकारले धर्मसित जोडिएका हुन्छन् । अभ्यासको मानिस हुनुको नाताले जसले पूर्णरूपले धार्मिक विश्वासको विरोध गर्दछ, यो स्वतः स्पष्ट छ कि माक्र्स र एङ्गेल्सले भौतिकवादको क्याम्पमा माक्र्सवादी दर्शनलाई दृढतासंग स्थापित गरे । यसो गर्दा माक्र्स र एङ्गेल्स निस्चितरूपले त्यस समयका फयारवाख र अन्य भौतिकवादी दार्शनिकहरूका लेखहरूबाट प्रभावित र मद्तगार थिए । यद्धपि फयारवाख र अन्य भौतिकवादी दार्शनिकहरू यान्त्रिक भौतिकवादी थिए, जसले प्रकृति र समाजलाई मेशिन(यन्त्र)को रूपमा वास्तविक परिवर्तन अथवा कुनै विकास विना मेशिनजस्तै वारम्वार दोहोरिरहन्छ भन्ने मान्दथे । माक्र्सले यान्त्रिक भौतिकवादलाई पुरै इन्कार गरे किनभने यसले ऐतिहासिक परिवर्तन र विकासको कुनै बुझाई नै दिदैनथ्यो । यसका लागि माक्र्र्सले द्वद्धवादमा फर्कनु पर्ने थियो, जो गतिका सामान्य नियमहरूको विज्ञान हो ।
द्वद्धवादको सार भनेको चीज वा वस्तुहरूलाई एक आपसमा जोडिएका र अन्तरविरोधपूर्ण रूपको बुझाई हो । द्वद्धवादले यसरी विकासको विज्ञान प्रदान गर्न सक्षम भयो जुन माक्र्सलाई विश्व परिवर्तन गर्न आवश्यक थियो भन्ने थाहा थियो । त्यस समयमा हेगेलको दर्शन र द्वद्धवादका नियमहरू(जसलाई माक्र्सले गहिरो अध्यन गरेका थिए)युरोपमा एकदमै अगाडि बढेका थिए । तर हेगेलले विचारको क्षेत्रमा तिनीहरू लागुगर्न सकिने बनाउने गरेर एउटा आदर्शवादी तरिकामा उनका दार्शनिक नियमहरू विकास गरेका थिए । उनी आदर्शवादको क्याम्पमा पर्दथे र यो मान्न इन्कार गरे कि प्रकृति र भौतिक सामाजिक प्राथमिक हुन् र आत्मा र विचारहरू दोस्रो हुन् । उनले यसकारण स्विकार गरेनन् कि उनको सोचको प्रणाली आफैमा एउटा निस्चित चरणका लागि मानव समाजको विकासको उत्पादीत वस्तु थियो, यो बुझ्न चाहेनन् कि उनको सोचको नियम ति आफैमा समाज र प्रकृतिको नियमहरूको परावर्तन थिए । यसप्रकार, माक्र्सले भनेका छन् – हेगेलको द्वद्धवाद, आदर्शवादी भएकाले, टाउकाले टेकेर उभिरहेको थियो– यसको अर्थ यो निरर्थक र अतार्किक थियो । माक्र्सले हेगेलको द्वद्धवादलाई ठिक दिशातर्फ माथि उठाए– खुट्टाले टेक्न लगाए ।
यसको अर्थ माक्र्सले यसलाई तर्र्कसंगत–भौतिकवादको आधारमा राखिदिए । माक्र्सले हेगेलको द्धन्द्धवादी नियमहरूलाई लिए र तिनीहरूलाई भौतिकवादी दर्शनको पद्धति दिए । यसरी उनले हेगेलको विचारको नियमहरूलाई पनि समाज र प्रकृतिका नियमहरूमा बनाइदिए । उनले यसरी द्धन्दात्मक भौतिकवादलाई सुत्रवद्ध गरे । जो माक्र्सवादी दर्शनको सारतत्व हो । द्वद्धवादलाई तर्कसंगत र भौतिकवादी आधार दिएर माक्र्सले यसलाई क्रान्तिको दर्शनमा बदलिदिए । माक्र्स र एङ्गेल्सले इतिहास र समाजको अध्ययनका लागि द्वद्धात्मक भौतिकवाद अपनाए र यसरी इतिहासको भौतिकवादी अवधारणा पत्ता लगाए । इतिहासको भौतिकवादी अवधारणा भनेको सामाजिक परिवर्तन र समाजलाई बुझ्ने एउटा नयाँ र क्रान्तिकारी मार्ग हो । यसले सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूका आधार एउटा चलाख मानिसको दिमागको खोज नभई समाजभित्रका प्रक्रियाहरूका उपज हुन्छन् भन्नेमा जोड दिन्छ । र साथै यो सबै क्रान्तिकारीहरूलाई सामाजिक परिवर्तन ल्याउने मार्ग र राजनीतिक परिवर्तन ल्याउने विचारहरू सुत्रवद्ध गरे अनुसार र समाजको त्रुझाइमा आधारीत हुन्छ ।
इतिहासको भौतिवादी अवधारणाको सुरूवात विन्दु भौतिक उत्पादक शक्तिहरू उदाहरणका लागि औजारहरू, मेसिनरी, सीपआदिको विकासको स्तर हो । माक्र्स भन्दछन् कि उत्पादक शक्तिहरूको विकासमा आउने चरणअनुसार मानिसले निस्चित उत्पादनका सम्वन्धहरू उदाहरणका लागि स्वामित्वको सम्वन्धहरू र उत्पादनका साधनहरूमाथि नियन्त्रण प्राप्त गर्दछ । यसरी, उदाहरणका लागि, पिछडिएको उत्पादन शक्तिहरू जस्तै काठको हलो, र हावा, हाते र पशुले चलाउने मिलहरूले मानिसलाई सामन्ती सम्वन्धहरूवारे आधार दिन्छन्, आधुनिक उत्पादक शक्तिहरू जस्तै टेक्टरहरू, हार्भेष्टरहरूआदिले जव तीनले व्यापकता लिन्छन्, उत्पादनको पु“जीवादी सम्वन्धहरू जनाउछन् । यी उत्पादनका सम्वन्धहरूले समाजको आर्थिक संरचना निर्माण गर्दछ, वा समाजको आर्थिक आधार निर्माण गर्दछ ।
समाजको आर्थिक आधारको सबैभन्दामाथि सामाजिक चेतनाको निस्चित आकारसित एउटा कानुनी र राजनीतिक उपरी संरचनाको जन्म हुन्छ । अझ, माक्र्सले जोड दिदै भनेका छन् कि यो उत्पादनको रूप हो (उत्पादन शक्तिहरू र उत्पादनका सम्वन्धहरूको अस्तित्व) जसले सामान्यत सामाजिक, राजनीतिक र वौद्यिक जीवन निर्धारण गर्दछ । यसरी, उदाहरणका लागि, उत्पादनको सामन्ती मोडले महिलामाथि र तल्लो जातीमाथि निर्शम्स उत्पीडनको जन्म दिन्छ र एउटा अति गैर प्रजातान्त्रिक राजनीतिक प्रणालीलाई जन्म दिन्छ । उत्पादनको पु“जीवादी मोडले अर्को तर्फ समाजिक उत्पीडनलाई कम गर्दछ र केही पु“जीवादी प्रजातान्त्रीक अधिकारहरू प्राप्त गर्दछ ।
उत्पादन शक्तिहरूको विकासमा एउटा कुनै निस्चित चरणमा तिनीहरू विद्यमान उत्पादनको सम्वन्धहरूसित विवादमा आउ“छन् । उत्पादनका यी पुराना सम्वन्धहरूले उत्पादन शक्तिहरूको विकासलाई रोक्न सुरू गर्दछन् । जवसम्म यी उत्पादन सम्वन्धहरू परिवर्तन ह“ुदैनन्, उत्पादन शक्तिहरूको विकास हुन सक्दैन् । यो अवधि जब उत्पादनका सम्वन्धहरूले उत्पादक शक्तिहरूको विकासमा चेनहरूका रूपमा काम गर्न सुरू गर्न थाल्दछन्, यो भनेको सामाजिक क्रान्तिको युगारम्भको सुरूवात हो । क्रान्तिको आवश्यकता उत्पादनका सम्वन्धहरू परिवर्तनका लागि हो । त्यो भनेको समाजमा विभिन्न वर्गहरूबीचका सम्वन्धहरू हुन् । एक पटक जव यो हुन्छ र उत्पादनका सम्वन्धहरू अथवा धनसम्पतिका सम्वन्धहरू टुटेर जान्छन् ,यो भनेको आर्थिक आधार परिवर्तन हुन्छ, अनि सम्पूर्ण उपरिसंरचनामा हुने परिवर्तनले विल्कुलै छिटो मार्ग अपनाउछ ।
इतिहासको यो भौतिकवादी अवधारणा माक्र्सवादको पहिलो महान् अन्वेषण थियो, जसलाई उनले १८४४–४५मा सम्पन्न गरेका थिए । यो नै जग थियो जसमाथि माक्र्सवादी सिद्धान्तका अन्य महान् खम्वाहरूको निर्माण गरिएका थिए । पछिका वर्षहरूमा माक्र्स र एङ्गेल्स, र अन्य माक्र्सवादी शिक्षकहरूले माक्र्सवादी दशर्नलाई अझ बढता विकास गरे । यद्धपि यसको सार तत्व माथि भनिएजस्तै द्धन्दात्मक र ऐतिहासिक भौतिकवादको आधारभूत सिद्धान्त रहयो ।
singhhukum683@gmail.com

प्रतिक्रिया

सम्बन्धित खवर