माक्र्सवादी दर्शनका आधारभूत मान्यताहरू

माक्र्सवादी दर्शनका आधारभूत मान्यताहरू

अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अहिले विभिन्न अवसरवादीहरुले माक्र्सवादको आवरणमा अनेकौ गैह् माक्र्सवादी राजनीतिक दलहरुका नाममा आफूलाई माक्र्सवादी भनेर जनतामा काफी भ्रम सृजना गरिरहेका छन् र नेपालमा पनि यस्ता दलहरुको कमि छैन, जसले आफूलाई कम्युनिस्ट भनेर पुँजीपति वर्गको हितमा काम गरिरहेका छन् । त्यसैकारण लेखको उद्येश्य कसैले आफूलाई माक्र्सवादी भन्दैमा माक्र्सवादी भइने होइन । मूल प्रश्न त माक्र्सवादी दर्शनका आधारभूत मान्यताहरूको मूल तत्व– द्वद्धात्मक र ऐतिहासिक भौतिकवादलाई सिद्धान्त र व्यवहारमा अपनाउने हो । जसरी माक्र्स र एङ्गेल्सका कृतिहरुको अध्ययन गर्दा वारम्वार माक्र्स र एङ्गेल्सले सधैभरी यसमा जोड दिएको पाइन्छ कि सबै दर्शन व्यवहारिक हुनु पर्दछ र वास्तविक संसारसित जोडिएको हुनु पर्दछ । यसलाई माक्र्सले उनको सुप्रशिद्ध भनाई “ दार्शनिकहरूले सधैभरी विभिन्न तरिकामा विश्वको व्याख्या गरेका छन्; मूल प्रश्न यसलाई कसरी बदल्ने हो ।” बाट स्पष्ट पार्ने काम गरेका छन् । यसबाट माक्र्सको यो अर्थ हो कि उनी आफूलाई अभौतिक र अप्राकृतिक चीजका लागि ध्यान गर्ने र कुनै पहाडमा वसिरहने आध्यात्मिक रिसि र मूनीजस्तै दार्शनिक बन्न चाहादैनथे । उनले जवसम्म यसलाई प्रयोगात्मक विश्वस“ग जोडिदैन तवसम्म सोचाई र गहन चिन्तनमा कुनै अर्थ छैन् भनेका छन् । माक्र्सको आधारभूत अनुसन्धानको केन्द्रविन्दु कसरी विश्व बदलिरहेको छ भन्ने बुझ्नका लागि कोशिस थियो र यसरी वास्तविक अभ्यासमा सहभागि हुनु र तत्कालीन विश्व र समाजलाई बदल्नु थियो । उनी यसरी यस्तो दर्शनको विकासमा इच्छा राख्दथे, जसलाई सामाजिक अभ्यासमा लागु गर्न सकियोस । यसका लागि माक्र्सले सबै दर्शनमा आधारभूत विभाजनलाई (आदर्शवाद र भौतिकवादबीचमा भएको विभाजनलाई) ध्यानमा राखेर स्पष्ट दृष्टिकोण तथा अडान लिएको पाइन्छ । यो विभाजनले केही आधारभूत प्रश्नहरू जस्तै आत्मा अथवा प्रकृति कुन प्राथमिक हो भन्नेवारे केन्द्रीत गर्दछ । तीनीहरू जसले आत्मालाई प्राथमिकतामा राख्छन् तिनीहरू आध्यात्मवादी क्याम्पमा पर्दछन्, जवकि तीनीहरू जसले प्रकृतिलाई प्राथमिकतामा राख्छन्, ती भौतिकवादी क्याम्पमा पर्दछन् । आध्यात्मवादी एक वा अर्को प्रकारले धर्मसित जोडिएका हुन्छन् । अभ्यासको मानिस हुनुको नाताले जसले पूर्णरूपले धार्मिक विश्वासको विरोध गर्दछ, यो स्वतः स्पष्ट छ कि माक्र्स र एङ्गेल्सले भौतिकवादको क्याम्पमा माक्र्सवादी दर्शनलाई दृढतासंग स्थापित गरे । यसो गर्दा माक्र्स र एङ्गेल्स निस्चितरूपले त्यस समयका फयारवाख र अन्य भौतिकवादी दार्शनिकहरूका लेखहरूबाट प्रभावित र मद्तगार थिए । यद्धपि फयारवाख र अन्य भौतिकवादी दार्शनिकहरू यान्त्रिक भौतिकवादी थिए, जसले प्रकृति र समाजलाई मेशिन(यन्त्र)को रूपमा वास्तविक परिवर्तन अथवा कुनै विकास विना मेशिनजस्तै वारम्वार दोहोरिरहन्छ भन्ने मान्दथे । माक्र्सले यान्त्रिक भौतिकवादलाई पुरै इन्कार गरे किनभने यसले ऐतिहासिक परिवर्तन र विकासको कुनै बुझाई नै दिदैनथ्यो । यसका लागि माक्र्र्सले द्वद्धवादमा फर्कनु पर्ने थियो, जो गतिका सामान्य नियमहरूको विज्ञान हो ।
द्वद्धवादको सार भनेको चीज वा वस्तुहरूलाई एक आपसमा जोडिएका र अन्तरविरोधपूर्ण रूपको बुझाई हो । द्वद्धवादले यसरी विकासको विज्ञान प्रदान गर्न सक्षम भयो जुन माक्र्सलाई विश्व परिवर्तन गर्न आवश्यक थियो भन्ने थाहा थियो । त्यस समयमा हेगेलको दर्शन र द्वद्धवादका नियमहरू(जसलाई माक्र्सले गहिरो अध्यन गरेका थिए)युरोपमा एकदमै अगाडि बढेका थिए । तर हेगेलले विचारको क्षेत्रमा तिनीहरू लागुगर्न सकिने बनाउने गरेर एउटा आदर्शवादी तरिकामा उनका दार्शनिक नियमहरू विकास गरेका थिए । उनी आदर्शवादको क्याम्पमा पर्दथे र यो मान्न इन्कार गरे कि प्रकृति र भौतिक सामाजिक प्राथमिक हुन् र आत्मा र विचारहरू दोस्रो हुन् । उनले यसकारण स्विकार गरेनन् कि उनको सोचको प्रणाली आफैमा एउटा निस्चित चरणका लागि मानव समाजको विकासको उत्पादीत वस्तु थियो, यो बुझ्न चाहेनन् कि उनको सोचको नियम ति आफैमा समाज र प्रकृतिको नियमहरूको परावर्तन थिए । यसप्रकार, माक्र्सले भनेका छन् – हेगेलको द्वद्धवाद, आदर्शवादी भएकाले, टाउकाले टेकेर उभिरहेको थियो– यसको अर्थ यो निरर्थक र अतार्किक थियो । माक्र्सले हेगेलको द्वद्धवादलाई ठिक दिशातर्फ माथि उठाए– खुट्टाले टेक्न लगाए ।
यसको अर्थ माक्र्सले यसलाई तर्र्कसंगत–भौतिकवादको आधारमा राखिदिए । माक्र्सले हेगेलको द्धन्द्धवादी नियमहरूलाई लिए र तिनीहरूलाई भौतिकवादी दर्शनको पद्धति दिए । यसरी उनले हेगेलको विचारको नियमहरूलाई पनि समाज र प्रकृतिका नियमहरूमा बनाइदिए । उनले यसरी द्धन्दात्मक भौतिकवादलाई सुत्रवद्ध गरे । जो माक्र्सवादी दर्शनको सारतत्व हो । द्वद्धवादलाई तर्कसंगत र भौतिकवादी आधार दिएर माक्र्सले यसलाई क्रान्तिको दर्शनमा बदलिदिए । माक्र्स र एङ्गेल्सले इतिहास र समाजको अध्ययनका लागि द्वद्धात्मक भौतिकवाद अपनाए र यसरी इतिहासको भौतिकवादी अवधारणा पत्ता लगाए । इतिहासको भौतिकवादी अवधारणा भनेको सामाजिक परिवर्तन र समाजलाई बुझ्ने एउटा नयाँ र क्रान्तिकारी मार्ग हो । यसले सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूका आधार एउटा चलाख मानिसको दिमागको खोज नभई समाजभित्रका प्रक्रियाहरूका उपज हुन्छन् भन्नेमा जोड दिन्छ । र साथै यो सबै क्रान्तिकारीहरूलाई सामाजिक परिवर्तन ल्याउने मार्ग र राजनीतिक परिवर्तन ल्याउने विचारहरू सुत्रवद्ध गरे अनुसार र समाजको त्रुझाइमा आधारीत हुन्छ ।
इतिहासको भौतिवादी अवधारणाको सुरूवात विन्दु भौतिक उत्पादक शक्तिहरू उदाहरणका लागि औजारहरू, मेसिनरी, सीपआदिको विकासको स्तर हो । माक्र्स भन्दछन् कि उत्पादक शक्तिहरूको विकासमा आउने चरणअनुसार मानिसले निस्चित उत्पादनका सम्वन्धहरू उदाहरणका लागि स्वामित्वको सम्वन्धहरू र उत्पादनका साधनहरूमाथि नियन्त्रण प्राप्त गर्दछ । यसरी, उदाहरणका लागि, पिछडिएको उत्पादन शक्तिहरू जस्तै काठको हलो, र हावा, हाते र पशुले चलाउने मिलहरूले मानिसलाई सामन्ती सम्वन्धहरूवारे आधार दिन्छन्, आधुनिक उत्पादक शक्तिहरू जस्तै टेक्टरहरू, हार्भेष्टरहरूआदिले जव तीनले व्यापकता लिन्छन्, उत्पादनको पु“जीवादी सम्वन्धहरू जनाउछन् । यी उत्पादनका सम्वन्धहरूले समाजको आर्थिक संरचना निर्माण गर्दछ, वा समाजको आर्थिक आधार निर्माण गर्दछ ।
समाजको आर्थिक आधारको सबैभन्दामाथि सामाजिक चेतनाको निस्चित आकारसित एउटा कानुनी र राजनीतिक उपरी संरचनाको जन्म हुन्छ । अझ, माक्र्सले जोड दिदै भनेका छन् कि यो उत्पादनको रूप हो (उत्पादन शक्तिहरू र उत्पादनका सम्वन्धहरूको अस्तित्व) जसले सामान्यत सामाजिक, राजनीतिक र वौद्यिक जीवन निर्धारण गर्दछ । यसरी, उदाहरणका लागि, उत्पादनको सामन्ती मोडले महिलामाथि र तल्लो जातीमाथि निर्शम्स उत्पीडनको जन्म दिन्छ र एउटा अति गैर प्रजातान्त्रिक राजनीतिक प्रणालीलाई जन्म दिन्छ । उत्पादनको पु“जीवादी मोडले अर्को तर्फ समाजिक उत्पीडनलाई कम गर्दछ र केही पु“जीवादी प्रजातान्त्रीक अधिकारहरू प्राप्त गर्दछ ।
उत्पादन शक्तिहरूको विकासमा एउटा कुनै निस्चित चरणमा तिनीहरू विद्यमान उत्पादनको सम्वन्धहरूसित विवादमा आउ“छन् । उत्पादनका यी पुराना सम्वन्धहरूले उत्पादन शक्तिहरूको विकासलाई रोक्न सुरू गर्दछन् । जवसम्म यी उत्पादन सम्वन्धहरू परिवर्तन ह“ुदैनन्, उत्पादन शक्तिहरूको विकास हुन सक्दैन् । यो अवधि जब उत्पादनका सम्वन्धहरूले उत्पादक शक्तिहरूको विकासमा चेनहरूका रूपमा काम गर्न सुरू गर्न थाल्दछन्, यो भनेको सामाजिक क्रान्तिको युगारम्भको सुरूवात हो । क्रान्तिको आवश्यकता उत्पादनका सम्वन्धहरू परिवर्तनका लागि हो । त्यो भनेको समाजमा विभिन्न वर्गहरूबीचका सम्वन्धहरू हुन् । एक पटक जव यो हुन्छ र उत्पादनका सम्वन्धहरू अथवा धनसम्पतिका सम्वन्धहरू टुटेर जान्छन् ,यो भनेको आर्थिक आधार परिवर्तन हुन्छ, अनि सम्पूर्ण उपरिसंरचनामा हुने परिवर्तनले विल्कुलै छिटो मार्ग अपनाउछ ।
इतिहासको यो भौतिकवादी अवधारणा माक्र्सवादको पहिलो महान् अन्वेषण थियो, जसलाई उनले १८४४–४५मा सम्पन्न गरेका थिए । यो नै जग थियो जसमाथि माक्र्सवादी सिद्धान्तका अन्य महान् खम्वाहरूको निर्माण गरिएका थिए । पछिका वर्षहरूमा माक्र्स र एङ्गेल्स, र अन्य माक्र्सवादी शिक्षकहरूले माक्र्सवादी दशर्नलाई अझ बढता विकास गरे । यद्धपि यसको सार तत्व माथि भनिएजस्तै द्धन्दात्मक र ऐतिहासिक भौतिकवादको आधारभूत सिद्धान्त रहयो ।
singhhukum683@gmail.com