काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संगठनका उपाध्यक्ष सहप्रा.लोकराज रेग्मीकी ममतामयी आमा नरेन्द्रकुमारी रेग्मीको निधनमा श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले जारी गरेको वक्तव्यमा दिवंगत नरेन्द्रकुमारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । र, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरएको छ ।
वक्तव्यमा भनिएको छ, “हाम्रा अनन्य मित्र तथा नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका उपाध्यक्ष सहप्रा. लोकराज रेग्मीकी ममतामयी आमा श्री नरेन्द्रकुमारी रेग्मीको यही २०७७ पौष १५ गते ७६ वर्षको उमेरमा भएको दुःखद निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको छ । दुःखको यस घडीमा हामी ममतामयी आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, शोकको यस समयमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।”






























