
बुटवल पौष ११ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) रुपन्देहीको आयोजनामा प्रमुख अतिथि पार्टी का पिविएम तथा प्रदेश ५ का इन्चार्ज क. प्रेम सुवेदीले विश्व कम्युनिस्ट आन्दोलन र माओका योगदानलाई आत्मासात गर्नु नै कम्युनिस्टको कर्तव्य हुन्छ, अन्यथा उ कम्युनिस्ट होइन भन्नु भयो ।




कार्यक्रमलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य एवं अखिल नेपाल हाइड्रो उर्जा महासंघका संयोजक क. भीमलाल काफ्ले, माक्र्सवादी अध्ययन केन्द्रका संयोजक आर सी चापागाईं, राष्ट्रिय जागरण अभियानका क. बाबुराम आचार्य, समाज रुपन्देहीका बिनोद खनाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम राजु भुजेलको सञ्चालन, जिल्ला इन्चार्ज क. पितम्बर आचार्यको अध्यक्षतामा र रामप्रसाद पोख्रेलको स्वागत मन्तव्यमा सम्पन्न भएको छ ।































