विश्व कम्युनिस्ट आन्दोलनमा मिलेराँवादको छुट्टै खालको चर्चा र परिचर्चा हुने गर्दछ । नेपालमा पनि मिलेराँवादको काफि मात्रामा चर्चा परिचर्चा हुदै आइरहेको छ । जर्मन सोसल ड्यामोक्राटिक नेता एलेक्जेन्डर एटएन मिलेराँ (१८५९–१९४३)को राजनीतिक पतनको विषयलाई लिएर मिलेराँवादको चर्चा हुने गरेको छ । यसको विषयमा थप प्रष्ट हुनका लागि विश्व कम्युनिस्ट आन्दोलनमा मिलेराँको भुमिकाको वारेमा प्रष्ट हुन जरुरी हुन्छ ।
मिलेराँ जर्मनीको सोसल ड्यामोक्रेटिक पार्टी(सामाजिक जनवादी पार्टी) का एक संसोधनवादी नेता थिए । उनको जन्म १८५९ मा फ्रन्समा भएको थियो । उनी आफ्नो प्रौड उमेरमा फ्रान्सको सामाजिक राजनीतिक कार्यकर्ता थिए । १९९० को दशकमा उनी त्यहाँका समाजवादीहरुको निकट सम्पर्कमा आए र जर्मनको सामाजिक जनवादी पार्टीसंग एकता गरे । फ्रान्सको सोसल ड्यामोक्रायाटिक पार्टी भित्र रहेका कार्यकर्ताहरुको ठूलो असहमति रहदा रहदै पनि सन १९९४ मा ३०जना संसद सदस्य सहित मिलेराँलाई त्यहाँको सामाजिक जनवादी पार्टीमा प्रवेश गराउने काम भयो । सर्वहारा वर्गका महान गुरु ऐङ्गेल्सले समेत जीवनको अन्त्य तिर उनीहरुको सामाजिक जनवादी पार्टी प्रवेशलाई गलत मान्नु भएको थियो । सन १९९७ मा आफ्नो पार्टीमा समेत सल्लाह नगरि मिलेराँ भाल्डेक रुस्सो नेतृत्वको फ्रान्सको पुँजीवादी प्रतिक्रियावादी सरकारमा सामेल हुन पुगे र त्यहाँको बाणिज्य मन्त्री भए । उनलाई फ्रान्सको सामाजिक जनवादी पार्टीले पार्टीवाट निष्कासन नै गर्याे । त्यसपछि १९९९ मा मिलेराँले पेरिस कम्युनका हत्यारा जर्नेल गालिफ्फेसंग मिलेर सत्ता चलाए र त्यहाँका कम्युनिस्ट क्रान्तिकारीहरुमाथि व्यापक दमन सुरु गरे । सन १९०० मा पेरिसमा द्वितीय अन्तर्राष्ट्रियको पाचौं महाधिवेशन सम्पन्न भयो । त्यहाँ यो विषय प्रमुख मुद्दाको रुपमा उठ्यो । यस विषयमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेत विभाजित हुन पुग्यो । फ्रान्सको सामाजिक जनवादी पार्टीका संस्थापक नेता गोड्से(१८४–(१९२४) र जर्मनीको महान क्रान्तिकारी नेतृ रोजा लक्जम्वर्ग(१८७०–१९१९) ले मिलेराँको कदमको विरोध तथा भ्रत्सना गरे भने फ्रान्सकै अवसरवादी नेता नौरस(१८५९–१९१४) लगायतका प्रतिक्रान्तिकारीहरुले मिलेराँको कदमको स्वागत गर्दै मिलेराँमार्गले समाजवादको लक्ष्य चुम्ने दावी गरे भने, कार्ल काउत्स्की(१८५४–१९३८) लगायतका मध्यपन्थीहरुले मिलेराँकाण्डलाई विशुद्ध फ्रान्सको पार्टीको आन्तरिक मामिला बताउदै त्यसलाई कार्यनितिक प्रश्न बताउदै घुमाउरो पाराले समर्थन गर्न पुगे । यसरी द्वितीय अन्तर्राष्ट्रियले मिलेराँवादलाई राजनीतिक संरक्षण दिने काम र अन्य देशका सामाजिक नेतृत्व र सामाजिक जनवादी पार्टीहरुलाई समेत आ–आफ्नो देशको कथित विशिष्टताको आधारमा प्रतिक्रियावादी सरकारमा सामेल हुन सक्ने अवसरवादी र प्रतिक्रान्तिकारी भुमिका खेल्न सक्ने निर्णय मार्फत आफ्नो क्रान्तिकारी राजनीतिक औचित्य आफै समाप्त गर्ने काम गर्याे । लेनिनले द्वितीय अन्तर्राष्ट्रियको पाँचौ पेरिस महाधिवेशनको उक्त निर्णयको विरोध गर्दै मिलेराँवादको विश्वव्यापी भण्डाफोर गर्नुपर्ने कुरामा जोड दिनुभयो । महान अक्टुवर क्रान्तिले मिलेराँवादको भ्रमवाट विश्व कम्युनिस्ट आन्दोलनलाई केही हद सम्म मुक्त गर्ने कोशिष गरेपनि कम्युनिस्ट आन्दोलन भित्रको अवसरवादी धाराको रुपमा यो आजपनि जवरजस्त रुपमा देखा परिरहेको छ ।
फ्रान्सको उक्त मिलेरा काण्ड विश्व कम्युनिस्ट आन्दोलनको इतिहासकै गद्दारीको प्रथम कलङ्कित घटनाले आज संसारभरि प्रभाव पारिरहेको छ । नेपालको कम्युनिस्ट आन्देलनमा पनि मिलेराँवादको जवरजस्त प्रभाव परिरहेको छ । यतिबेला नेपालमा मिलेराँवादका राजनीतिको सबैभन्दा वलियो प्रतिनिधिको रुपमा गृहमन्त्री रामबहादुर थापा बादल देखा परेका छन । प्रचण्ड –बाबुरामको दक्षिणपन्थी अवसरवाद विरुद्धको विद्रोहमा कमरेड किरणको पक्षमा योजनाबद्व ढंगले लागेका बादलले पार्टीमा मध्यपन्थी भुमिकाका साथ कमरेड विप्लव लगायतका युवा पंक्तिलाई पार्टीवाट बहिर्गमित हुन ठूलो भुमिका खेले । कमरेड विप्लव लगायतको पार्टी बहिर्गमन पछि हठात रुपमा प्रचण्डहरुसंग एकता गर्ने कुरा अगाडि सार्ने काम गरे । नेकपा (क्रान्तिकारी माओवादी) वाट पलायन भएर माओवादी केन्द्र र प्रचण्डहरुसंग एकता गर्न बादलले मिलेराँवादको राजनीतिक अस्त्र अगाडि सार्ने काम गरे । पार्टीमा फरक दस्तावेज र प्रस्ताव पेश गर्दै बादलले राष्ट्रिय प्रजातान्त्र(ल्बतष्यलब ि मझयअचबतष्अ) अवधारणा अन्तरगत सरकार सदन र सडकवाट समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने मिलेराँवादी धारणा पेश गरे र यसलाई उनले आजको माक्र्सवाद बताए । यसै दिनदेखि बादलको मिलेराँवादवाट कमरेड किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) पुर्णतया मुक्त रहयो भने संसदीय राजनीतिमा तर मार्ने नाममा कथित ठूले पार्टी बनाउने भन्दै प्रचण्डहरु यो रोगको भागिदार बन्न पुगे ।
प्रचण्डहरुसंग पलायन भइसकेपछि पनि बादलहरुको दक्षिणपन्थी मिलेराँवाद रोकिएन । कथित संसदीय चुनाबको नौटङ्किविच सत्ताको लागि गरिने भनिएको ओली र एमाले संगको एकतालाई चमत्कार बताउदै उनी निर्लज्वतापूर्वक ओलीसंग कुम जोड्न पुगे । संसदीय चुनावमा प्राप्त भएको कथित बहुमतको आडमा ओलीको मन्त्रिपरिषदमा गृहमन्त्रीको जागिर खान पुगे र सडकमा रहेका क्रान्तिकारीहरुमाथि दमन गर्न शुरु गरे । जसरी पेरिस कम्युनका हत्यारा जर्नेल गालिफ्फेसंग मिलेर मिलेराँले त्यहाँका क्रान्तिकारीहरुमाथि दमन थोपारे ठिक त्यसै गरिकन महान जनयुद्धका दमनकारी र अपराधि ओलीको गृहमन्त्री भएर विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध थोपारे । प्रहरीले कुमार पौडेलको हत्या गर्दा शान्ति सुरक्षा कायम गर्न मान्छे मारेका संसदमा निर्लज्ज बयान दिने काम गरे । नेकपा ( क्रान्तिकारी माओवादी) को राष्ट्रियताको आन्दोलनमा व्यापक प्रहरी दमन मात्र गरेनन राजनीतिक रुपमा आफ्ना अग्रज समेत रहेका क्रान्तिकारी नेता कमरेड सिपी गजुरेल गौरव लगायतलाई लाज नमानी गिरफ्तार समेत गरे ।
यतिवेला नेपालमा संसदीय व्यवस्थाको फोहारी खेलले राजनीतिक पराकाष्ठा नाघेको छ । राष्ट्रघाती केपी ओलीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नुनको सोझो गर्न जसरी भएपनि संसदवाट राष्ट्रघातीःएमसीसी परियोजना पास गराउने योजनामा सफल हुन नसकेपछि हठात ढंगले अन्त्य गरेको संसद अधिवेशन सुरु नै नगरी विघटन गरिदिए । ओलीको यस प्रकारको संवैधानिक ’कु’ को विरोध गर्दै देश एक ठाउमा उभिने स्थिति पैदा भएको बेला मन्त्रिपरिषदमा रहेका ७ सदस्यले राजिनामा समेत पेश गरिसक्दा समेत बादलले ओलीको गृहमन्त्रीवाट राजिनामा दिनै नैतिकता प्रदर्शन गर्न सकेनन । अब केपि ओलीले सत्ता र स्वार्थको लागि एमाले पुनःगठन गर्ने प्रक्रियामा जाने निश्चित हुदाहुदै पनि बादललाई गृहमन्त्रीको जागिर बचाउने नाममा एमाले हुन कुनै आइतवार कुर्नु नपर्ने सहजै अनुमान गर्न सकिन्छ ।
हिजोको क्रान्तिकारी नेता वर्गसंघर्षको कमान्डर बादलमा आज यसप्रकारका अवसरवादी विचलन कसरी आयो ? यो आजको निकै महत्त्वपूर्ण प्रश्न हो । तर यसको सरल उत्तर हो विचार र राजनीतिवाट विचलित भएर जब मान्छे अवसरवादको दलदलमा फस्न पुग्छ तब उसका सबै आदर्श नैतिकता र इमान बाग्मतीको फोहोमा परिणत हुन्छन । व्यक्तिगत स्वार्थ र अवसरवादको दलदलमा फसेका मान्छेहरु नीहित स्वार्थको फोहोरमा जीवनको भिख माग्न बाध्य हुन्छन । हाम्रा हिजोका कमाण्ड कमरेड बादल आजका यो प्रवृतिका सबैभन्दा भद्दा प्रतिनिधि पात्र भएका छन । जसले ओलीको गनाउने शरीर र फोहोरको डङ्गुरमा आफ्नो भविष्यको उचाइ नाप्ने असफल प्रयत्न गरिरहेका छन । मिलेराँवादको बैसाखीले ओलीको अस्तित्व समाप्त नहुन्जेल जसोतसो काम त गर्ला तर ओलीको दुखान्त अन्त संगै बादलको पनि राजनीतिक अवसान अवश्यम्भावी छ भन्ने कुरा बुझ्नलाई अब धेरै पापड पेलिरहन जरुरी देखिदैन । किन कि सडेगलेको बद्नाम र दलाल संसदीय व्यवस्थाको अन्त्य संगसंगै यो सत्ता, सरकार र त्यसका प्रतिनिधिहरुको अन्त्य निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर