पुस ६ काठमान्डौ । २३ राजनीतिक संगठनले संयुक्त विज्ञप्तीमार्फत के.पी. शर्मा ओली नेतृत्वको सरकारले विद्यमान संसद् भंग गर्ने निर्णय असंवैधानिक र प्रतिगमनकारी भएको ठहर गर्दै २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा विज्ञप्ति जारी गरिएको छ, जसको पूर्णपाठ तल दिइएकोछ ः
विज्ञप्ति
संसद् विघटन र नयाँ निर्वाचनको घोषणाको विरोधमा
२३ राजनीतिक संगठनको विज्ञप्ति
यही पुस ५ गते के.पी. शर्मा ओली नेतृत्वको सरकारले विद्यमान संघीय संसद् विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पठाएको र केही घण्टामै राष्ट्रपतिद्वारा मागबमोजिम नै संसद् भंग गर्ने निर्णय भएकोमा त्यसप्रति हाम्रो गम्भीर रुपमा ध्यान आकर्षित भएको छ । उक्त निर्णय असंवैधानिक र प्रतिगमनकारी भएको ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरिएको छ । विरोधका कार्यक्रमबारे पछि जानकारी गराइनेछ ।
कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

सी.पी. गजुरेल
(२३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट)
मिति ः २०७७।०९।०६





























