मंसिर २५ अत्तरीया कैलाली । नेकपा (क्रान्तिकारी माओवादी¬)ले यही मंसीर २५ गते देशैभरी “वर्तमान राज्यसत्ता, व्यवस्था र सरकारको विकल्पका रुपमा संघीय जनगणतन्त्र”भन्ने मुल नाराका साथ विरोध कार्यक्रमहरु सञ्चालन गर्ने पार्टी केन्द्रको निर्णय अनुसार कैलालीको अत्तरीयामा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

साथै राष्ट्रियताको सवालमा देखिएको सरकारको अकर्मण्यता, कालाबजारी, घुसखोरी, भ्रष्टाचार र उदासिनताका विरुद्ध विरोध रयाली र सभा केन्द्रीत थियो । नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभाको सञ्चालन विन्तिराम चौधरीद्धारा गरिएको थियो भने विरोध सभालाई पार्टी जिल्ला सेक्रेटरी रुद्र कँडेल, किसान महासंघका प्रदेश संयोजक टंक कोइराला, विद्यार्थी केन्द्रीय सदस्य पुष्कर जोशीले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर