शिक्षक श्रेष्ठ प्रतिकारमा मारिएकाे प्रतिबन्धित नेकपाकाे दाबी

शिक्षक श्रेष्ठ प्रतिकारमा मारिएकाे प्रतिबन्धित नेकपाकाे दाबी


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे प्रतिबन्धित नेकपाले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएकाे छ  । प्रतिबन्धित नेकपाका मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट मंगलबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो ।
विज्ञप्तिमा पार्टीविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटक पटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार बिहान ७ बजे घरबाट करिब ३ सय मिटर पर जंगलमा लगेर श्रेष्ठलाई बाँधेर घाँटी रेटी हत्या गरिएको भन्दै समाचार सार्वजनिक भएकाे थियाे ।