डबल कम्युनिष्ट पार्टी बोर्डफष्ट केपी ओली

डबल कम्युनिष्ट पार्टी बोर्डफष्ट केपी ओली

 

      नेपाल दक्षिणएसियामा भ्रष्टाचार गर्ने मुलुकमा बोर्डफष्ट भयो । यस किसिमको अङ्क प्राप्त गर्न केपी शर्मा ओली सफल भएरै देखाए । यो विषय दक्षिणएसियाको भ्रष्टाचार सम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इण्टरनेसनले गरेको अध्ययनबाट सार्वजनिक गरेको हो । डबल कम्युनिष्ट पार्टीका नेताहरुको चुरीफुरीबाट पहिल्यै यसप्रकारको परिणाम आउँछ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो । यसप्रकारको परिणाम आउनलाई प्रमुखदोष प्रधानमन्त्री केपी ओलीलाई लगाइएको छ । यसप्रकारको घटनालाई सैद्धान्तिकीकरण गरेर हेर्नु पर्दा देसको कार्यकारी प्रमुखको नाताले राम्रो कामको पनि नराम्रो कामको पनि जस अपजस प्रधानमन्त्रीलाई अवश्य जान्छ । यदि डबल कम्युनिष्ट पार्टीमा अलिकति पनि क्रान्तिकारी सोच विचार र अग्रगामी दृष्टिकोण देस भक्तिपूर्ण विचारले ओतप्रोत भएको हुन्थ्यो भने पार्टी जनताप्रति उत्तरदायी र जिम्बेबार थियो भने निश्चितरुपमा देसले यसप्रकारको दुर्दशा भोग्न पर्ने थिएन त्यस पार्टीमा पनि यसप्रकारको विचलन आउने थिएन । २०२८ सालको झापा आन्दोलनबाट पलायन भएको शक्ति एमाले र दशवर्षे जनयुद्धबाट आत्मसमर्पण गरेर आएको प्रचण्डले नेतृत्व गरेको माओवादी कुडा कर्कटबाट बनेको डबल कम्युनिष्ट पार्टी दलाल संसदीय व्यवस्थाभित्र पसेपछि आउने परिणाम यस्तै हो । खिरौको बिरुवा रोपेर सुन्तलाको आसा गरेर कहाँ हुन्छ ! यस पार्टीको बचेखुचेको क्रान्तिकारी विचार समाप्त भएर गयो । त्यसपछि उनीहरुले दलाल संसदीय व्यवस्थाको अभ्यास गर्न थाले । यस दलाल ससदीय व्यवस्थाले के भन्दछ भने देसका प्राकृतिक सम्पदा विदेसीलाई सुम्पेर पद अथवा कुर्चि प्राप्त गर र त्यो पदलाई चिरस्थाई बनाउ उदाहरणको लागि महाकाली सन्धि, अपर कर्णाली, गण्डक सम्झौता, कोशी सम्झौता, अरुण तेस्रो आदि उद्योगधन्दाहरुमा भृकुटीकागत कारखाना, हरिसिद्धि इट्टा टायलकारखाना, बाँसबारी छालाजुत्ता कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, हेटौडा कपडा उद्योगलगायत छिमेकी देश चिनले गरेर खाउ भनेर निर्माण गरिदिएका उद्योगहरु भारतीय दलालहरुलाई कौडीको मूल्यमा बेचेर सारा नेपाली युवाहरु बेरोजगार बनाएर विदेस पलायन हुने स्थिति सृजना गरिएको त्यस्तै बाँकी रहेका प्राकृतिक स्रोतसाधन देसभित्रका दलालहरुलाई सुम्पिएको छ । गोकर्णको जङ्गल यति समूहलाई कौडीको मूल्यमा सुम्पिएको छ ।  बालुवाटार, टुँडिखेल, पूर्व पाँचथरको सार्वजनिक जग्गा दलालहरुलाई सुम्पेर देशलाई टाट पल्टाउने र मुठ्ठिभर दलालहरुलाई मोटाउने वातावरण बनाइएको छ ।

      शिक्षा, स्वास्थ्यजस्तो आधारभूत विषय निजिक्षेत्रलाई जिम्मा लगाइँदै गएको छ । सुरक्षाको विषयलाई विचार गर्दा दिनहँु नावालक छोरीचेलीहरुको वलात्कारपछि हत्या गरिएको छ । न्याय माग्न जाने जनतालाई सरकारले गोली हानेर मार्ने काम गरिरहेको छ । सरकार गर्न नहुने काम गरिरहेको छ । उल्टो बाटो हिँडिरहेको छ । जनता तथा कतिपय राजनैतिक पार्टीले यसो नगर देशमा सुशासन लागु गर् भन्दा राजनैतिक पार्टीमाथि प्रतिवन्ध लगाएर बोल्न लेख्न सभा सम्मेलन विरोध गर्न पाउने अधिकारलाई कुण्ठित पार्दै निर्दाेष नागरिक गिरप्mतार गर्ने जेल हाल्ने मुठभेडको नाममा हत्या गर्ने गरिएको छ । गृहमन्त्री रामबहादुर थापा लोकतन्त्र रक्षा गर्न माञ्छे मारेको हँु भन्दै हिड्छन् । जनता मारेर व्यवस्था टिक्ने भए राणा शासन, पञ्चायतकाल र बहुदलीयकालले किन हावा खाने थिए । हिजो २००७ साल २०३२–२०३३ साल २०५०–२०५२ सालभन्दा तात्विकरुपमा केहि फरक जनताले अनुभूति गर्न पाएका छैनन् । जनतालाई कर लगाएर ढाड सेकाइएको छ । माथि केन्द«देखि स्थानीय निकाय भ्रष्टाचारले सिमा नाघेको छ । सत्तामा बस्नेहरुले सहरमा महल ठड्याउने महङ्गा गाडी घोडा चढ्ने जग्गा जमिन जोड्ने र विदेशतिर खाता खोलेर स्वदेशी पुँजी विदेश पलायन गराउने घटनाले देस कङ्गाल हुँदै गइरहेको छ । डबल कम्युनिष्ट पार्टीका नेता माधव नेपालले आफुलाई मिल्ने पायक पर्ने कर्मचारी सेटिङ् गरेर स्थानीय निकायले भ्रष्टाचार गर्ने गरेको विषय उजागर गरेका छन् । गृहमन्त्री रामबहादुर थापा वादलले स्थानीय निकाय भ्रष्टाचारको अखाडा बन्यो विघटन गरिदिए हुन्छ भनेका छन् । अरुले त बोल्नै परेन गाउँमा गएको बजेट चुहावट हुँदै हुँदै गएर थोरै रकम पुग्छ अनि गुणस्तरहीन काम हुने गरेको तथ्य जगजाहेरै छ । यसकारण ट्रान्सपरेन्सी इण्टरनेशनलले भन्नै परेन नि ! नेपाली जनताको अगाडी स्पष्ट नै छ । अकार्,े प्रधानमन्त्री केपी ओलीले खाएर मात्र यत्रो भ्रष्टाचार भएको होइन दलाल संसदीय व्यवस्थाले के भन्छ भने आप्mना नातापाता, भाइ भारदार, इष्टमित्र, गुट, पार्टीलाई ढुकुटी र पद पोष भन्दछ । यसकारण केपी ओलीले प्रथमतः आप्mना भाइ भारदार, सालासाली, इष्टमित्रलाइ पदमा पुर्याएर ढुकुटी दोहन गरे जस्तै ओलीका सालाहरु कोहि मेयर कोहि सांसद कोहि विभिन्न सङ्घसंस्थामा नियुक्त त्यसपछि आप्mना गुटकालाइ पोस्ने गोकुल बास्कोटा, ईश्वर पोख्रेल, युवराज खतिवडा, सूर्य थापा आदि कुरा यति मात्र हैन सरकारमा पुगेका सबै मन्त्रीहरुले यसप्रकारको काम गरेकै हुन्छन् । त्यसपछि आप्mना पार्टीका मान्छे हेर्दछन् । अझ थपकुरा के छ भने करोडौँ करोड रुपैँयाँ खर्च गरेर चुनाव जित्न पर्ने भएकोले सत्तामा पुगेको वेलामा सम्पत्ति थुपार्नै पर्यो । यस्तो भएपछि कसरी हुन्छ  देसको उन्नति ! यहि व्यवस्थाभित्र थोरै राष्ट्रवादी र प्रगतिशील पार्टी र देश जनताप्रति उत्तरदायी दृढ इच्छा शक्ति भएको नेतृत्व भएको भए सामान्य केहि सुधारात्मक काम हुन सक्ने थियो । जस्तै पाकिस्तान, मलेसिया, दक्षिणकोरिया, डेनमार्क, नर्वे, स्पेन आदिलाइ देख्न सकिन्छ । यहाँ त त्यस्तो कुनै सम्भावना नै देखिएन जस्ले गर्दा देसको यो हविगत हुन गयो । वर्तमानमा डबल कम्युनिष्ट पार्टीभित्र ठुलो अन्तर्सङ्घर्ष चलिरहेको छ । त्यो अन्तर्सङ्घर्ष कुनै देश, जनता र सुशासनको लागि नभएर ओलीको पल्ला भारी भयो हाम्रो त्यो स्तरमा भएन भनेर लडिरहेका छन् । भोली ओली हटेर प्रचण्ड, माधव नेपाल, झलनाथ, शेरबाहादुर, बाबुराम गएपनि गर्ने तरिका यहि हो । व्यक्तिविशेषले थोरै तलमाथि होला तात्विकरुपमा खास कुनै फेरबदल आउँदैन । यिनका पनि नातागोता, भाइ भारदार, गुट, पार्टी छ । चुनावमा जानैपर्दछ । त्यसकारण यो दलाल संसदीय व्यवस्थाको चरित्र नै यस्तै हो । लेनिनले भन्नुभएको थियो “संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो” ।

      प्रधानमन्त्री ओलीले प्रचण्डको सम्पत्ति छानबिन गरेर कार्बाइ गर्दछु भनेको सुनियो यो स्वागतयोग्य कुरा हो नेताहरुको सम्पत्ति छानबिन गर्ने कुरा । तर चुरो कुरा के हो भने आफुसङ्ग विचार नमिलेर रिस उठेर बल्ल सम्पत्ति छानबिन गर्दछु भन्ने । सम्पत्ति छानबिन त प्रचण्डलगायत ईश्वरपोख्रेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, युवराज खतिवडा, शक्तिवहादुर बस्नेत, रामबहादुर थापा, घनश्याम भुसाल, योगेश भट्टराईलगायत सत्तामा हिजो भएका र आज रहेका सम्पूर्ण नेता र उच्चपदस्थ कर्मचारीहरुको हुन पर्छ कि पर्दैन ? कुनै व्यक्तिविशेषलाई पूर्वाग्राही बनेर तर्साउन गलाउन आप्mनो काबुमा ल्याउन सम्पत्ति छानबिन गर्छु भन्नु कत्तिको जायज होला ? डबल कम्युनिष्ट पार्टीमा जब विचारमा स्खलन आयो तब तब यसप्रकारका विचारहरु विकास भएर आएका छन् । डबल कम्युनिष्ट पार्टीमा विचारमा समस्या छ भन्ने कुरा सजिलै बुभ्mन सकिन्छ । यदि विचारमा  समस्या थिएन भने यो पार्टीमा क्रान्तिकारी विचार देसभक्तिपूर्ण विचारले ओतप्रोत भएको भए बृहत्तम छलफल हुने थियो । ओलीको कमजोरी भए सच्चिने आँट गर्दथे । आफुले जिम्बेबारी पुरा गर्न नसके पार्टीभित्रको अर्काे नेतालाई छोड्ने थिए । यिनिहरुले यसो गर्दैनन् देश विषम परिस्थितिमा गुज्रिरहेको छ । कोरोना माहामारीलगायत प्राकृतिक प्रकोपले थिलोथिलो पारेकै छ । अरु यावत् समस्याहरु आप्mना ठाउँमा छँदैछन् । यि समस्याको समाधानमा बहुमतको सरकार डटेर लाग्नु पर्नेमा एकथरी पार्टीभित्रैबाट ओलीले राजिनामा देउ भन्दै नारा लगाएका छन् अर्काथरि ओलीको राजिनामा माग्न पाइँदैन भनेर लोक हसाइरहेका छन् । यसकारण कुनै अमुक पार्टी या अमुक व्यक्ति वा सरकारमा फेरबदल आएर यहाँ केहि हुने वाला छैन । यो दलाल भ्रष्टाचार राष्ट्रघाती लेण्डुपहरु मौलाउने संसदीय व्यवस्थालाई ध्वस्त पारेर जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा पुग्नु नै समस्याको समाधान हो । देस र जनताको मुक्तिको बाटो हो । त्यसैले यो अभियानमा अगाडी बड्न जति ढिलो गरिन्छ त्यति त्यति नै नेपाली जनताले दुख कष्टको जीवन जिउनै पर्दछ । यसकारण बाटो कठिनै भएता पनि यो महा–अभियानमा लामबद्ध भएर मालेमावादको झण्डालाई दरोसङ्ग समातेर आप्mनो भविष्य हामी आँपैm निर्माण गर्न अब ढिला नगरौँ ।