मंसिर १७ काठमान्डौ । नौ सदस्यीय नेकपाको सचिवालयमा अध्यक्ष ओली एक्लिदै गएका छन । कार्यकारी अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर र ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य इश्वर पोखरेल ओली पक्षमा रहेका थिए ।
अर्का सदस्य रामबहादुर थापा बादल भने कतैपनि खुलिसकेका छैनन । तर ओलीको पक्षमा रहेका ईश्वर पोखरेल समेत यो पटक बैठकमा पेस भएका प्रस्सतावहरुमा छलफल गर्नुपर्ने पक्षमा उभिएपछि ओली एक्लिदै गएका हुन ।
आफू यसरी एक्लिदै गएपछि ओलीले बिधानअनुसार पार्टी कमिटिको बहुमतको निर्णयसमेत नमान्ने घुर्की लगाउँदै आएका छन ।
यसअघि ओलीले स्थायी समितिको निर्णय विपरित मन्त्रिहरुको हेरफेर, राजदुत नियुक्तिका लागि सिफारिस र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन उक्साएको भन्दै ओली इतरपक्षले असन्तुष्टि जनाउँदै छलफलका लागि बैठकको माग गर्दै आएको थियो ।
मंगलबारको बैठकमा नेताहरुका पत्र र प्रतिवेदनका बारेमा छलफल गर्ने कि नगर्ने ? भन्नेमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको सम्वाद तिक्ततापूर्ण बनेपछि ओली बुधबारको बैठकमा सहभागी नभएका हुन् ।
बुधबारको बैठकमा आफू उपस्थित नहुने मंगलबारै संकेत गरेका ओलीले बुधबार बैठक सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै सहभागी हुने बताएका थिए । पूर्व निर्धारित १ बजेका लागि तय भएको बैठक ओली सहभागी हुने भनेपछि १ घण्टा पछि सारिएको थियो । सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि उनलाई सोचविचार गर्न तीन दिनको समय दिने बाँकी ८ जना सदस्य सहभागी बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिव १५ मिनेट बसेको बैठकले तीनवटा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पेजको जवाफी पत्र, ओलीले नै लेखेको १० पेजको पत्र र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावका साथै नेताहरुबीच आदानप्रदान भएका केही पत्रहरु छलफलका एजेण्डा तय गरिएका थिए ।

पार्टीमा अल्पमतमा परेपछि सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सचिवायल बैठकमै सहभागी भएनन ।
ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ ।
ती बैठकहरु बस्ने स्थानका बारेमा भने कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुसँग कुरा गरेर तय गर्ने बुधबारको सचिवालयको निर्णय छ ।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपुर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सवै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर