६ वर्षकी बालिका गुलाब्सा खातुनको बलत्कार पछि गरिएको हत्याको विरुद्धमा अनेमसंघ (क्रान्तिकारी) लगायत चितवनका अन्य महिला संगठनहरुको आयोजनामा संयुक्त कार्यक्रम सम्पन्न

६ वर्षकी बालिका गुलाब्सा खातुनको बलत्कार पछि गरिएको हत्याको विरुद्धमा अनेमसंघ (क्रान्तिकारी) लगायत चितवनका अन्य महिला संगठनहरुको आयोजनामा संयुक्त कार्यक्रम सम्पन्न


मंसीर १३ चितवन । बर्दिवासमा ६ वर्षकी बालिका गुलाब्सा खातुनको बलत्कार पछि गरिएको हत्याको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लगायत चितवनमा संघर्षरत महिला संगठनहरुको आयोजनामा संयुक्त कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगर स्थित स्थानीय विरेन्द्र क्याम्पस चोकवाट नाराजुलुस सहित अगाडि बढेको जुलुस चौविसकोठी पुगेर सभामा परिणत भएको थियो ।

 

सभामा वोल्दै अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कि जिल्ला अध्यक्ष शान्ति विकले बलत्कार जस्ता जघन्य अपराधका घटना यसरी बड्नुमा राज्यको गैरजिम्मेवार भुमिका जोडिएको बताउनु भयो । निर्मलापन्तको बलत्कार र हत्यासंग जोडिएको यो श्रृङखला सम्झना कामी हुँदै गुलाब्सा खातुनसम्म आइपुग्दा यस प्रकारका बलत्कार र हत्याका घटनासंग राज्यको चरित्र समेत जिम्मेवार छ भन्ने कुरा प्रष्ट हुँदै गएको वताउदै अध्यक्ष विकले यो दलाल व्यवस्थाको अन्त्य गरेर मात्र यसखालका समस्याको हल खोज्न सकिने बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल प्रगतिशील महिला संघकी केन्द्रीय सदस्य पार्वती महतोले बलत्कारीको संम्रक्षण राज्यवाटै हुँदै आएको कारण यसखालका जघन्य घटनाहरु बढेको कारण यसमा राज्य बेलैमा सचेत र जनहितैसी हुन नसके यस्ता घटना रोक्न नसकिने वताउनु भयो । वैज्ञानिक समाजवादी महिला संघकी नेतृ राजेश्वरी सुवेदीले राष्ट्रपति समेत महिला भएको देशमा यतिधेरै महिला हिंसा र बलत्कारका घटना घट्नु लाजमर्दो विषय भएको बताउँदै महिलाहरु सचेत र एकतावद्व भएर लड्नुपर्ने बेला आएको बताउनु भयो ।


कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष शानित विकले गर्नु भएको थिया ।